स्थानिय विकास मन्त्री टोप बहादुर रायमाझी हंसपुरमा, बैज्ञानिक र सिपमुलक शिक्षामा आवश्यक रहेको भनाई
News, जिल्ला समाचार 9:32 PM
अर्घाखाँची २ चैत । स्थानिय विकास मन्त्री तथा एकिकृत नेकपा माओबादी स्थायी समिती सदस्य टोप बहादुर रायमाझीले बर्तमान शिक्षालाई परिबर्तन गरेर बैज्ञानिक र सिपमुलक शिक्षामा लैजानु पर्ने बताउनु भएको छ ।
अर्घाखाँचीको हंसपुरमा रहेको सिद्धार्थ उच्च माबिको ५३ औ बार्षिक उत्सब समारोहलाई सम्बोधन गर्दै मन्त्री रायमाझीले बर्तमान अब्यबारिक शिक्षालाई परिर्बन गरेर कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्नु पर्ने बताउनु भयो ।
उहाले वर्तमान सरकार नै राष्ट्रिय सहमतिको सरकार वन्ने ठोकुवा गर्दै शान्ति प्रकृयालाइ तार्किक निष्र्कषमा पुर्याउन बर्तमान सरकार लागीपरेको र राष्ट्यि सहमतिको विकल्प नभएको मन्त्री रायमाझिको भनाई छ ।

उहाले अहिले जनताले सरकार राजनितिक दल र नेता प्रति आक्रोस अबिस्वास र बिरोध मात्रै गरिरहेको बताउदै उहाले समयमा संबिधान निर्माण गर्न र शान्ती प्रकृया निस्कर्षमा पुराउन नसकेकाले राजनितिक दल र नेता प्रतिको बिश्वास गुमेको बताउनु भयो ।
मन्त्री रायमाझीले अर्घाखाँचीलाई सालझण्डी सन्धिखर्क ढोरपाटन सडक र पोखरा रिडी सुर्खेत सडकले फाईदा तथा रहात पुग्ग्ने बताउनु भयो । उहाले अर्घाखाँचीमा कृषि र पर्यटनका क्षेत्रमा नँया योजना ल्याउने तयारी भैरहेको बताउनु भएको छ ।
कार्यक्रममा जिल्ला शिक्षा कार्यलयका निमित्त जिशिअ नरेन्द्र बेल्बासे माओबादीका जिल्ला ईन्चार्ज चन्द्रबहादुर खड्का नेपाली काग्रेसका जिल्ला सचिब लोकेन्द्र बिक एमालेका जिल्ला सचिब दलबहादुर भटराई राजमोका गिरी आचार्य लगायतले मन्तब्य राख्नु भएको थिायो ।
कार्यक्रममा विद्यालयको बार्षिक आय ब्यय प्रचार्य रामलाल सुनारले प्रस्तुत गर्नु भएको थिायो । कार्यक्रम बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष डिलबहादुर खत्रीको अध्यक्षता शिक्षक बिष्णुप्रसाद मिश्रको संचालनमा सम्पन्न भएको थियो ।(Source : अर्घाखाँचीडट्कम)