Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

रोजगारीका लागि दुबईको अबुधावीमा पुगेका टेकबहादुर तामाङको बिदा लिएर घर आउने खबर गरेको दुई दिनभित्रै मृत्युको खबर

११ चैत, धादिङ । रोजगारीका लागि दुबईको अबुधावीमा पुगेका धादिङ लापाका टेकबहादुर तामाङको बिदा लिएर घर आउने खबर गरेको दुई दिनभित्रै मृत्युको खबर आएपछि उनको परिवार शोकमा डुबेको छ ।
‘यही चैत १८ गते नेपाल आउने खबर गर्नुभएको थियो तर एक्कासि मृत्यु भयो भन्ने सुन्दा पत्याउनै सकिन’-उनकी श्रीमती रितुमायाँले गम्भीर भएर बताइन् । टेकबहादुरका साथीहरुले गाउँमा फोन गरेर उनको मृत्यु भएको खबर गरेका हुन् ।
छ वर्ष कतारमा काम गरेपछि घर आएका टेकबहादुर गाउँमा पैसा कमाउन नसक्ने भएपछि परिवार पाल्नुपर्ने बाध्यतालाई पूरा गर्न चार वर्षअघि दुबई गएका थिए । उनी स्टिल कम्पनीमा काम गर्दै थिए ।
एक छोरी, श्रीमती, वृद्ध आमाबुबाका लागि खर्च जुटाउन विदेशिएका उनको घर आउने भनी फोन गरेको दुई दिनपछि नै मृत्यु भएको थियो । राजदूतावासले दिएको जानकारीअनुसार स्वाशप्रश्वासमा समस्या आएका कारण मृत्यु भएको भन्ने प्रतिवेदन बनाइएको छ ।
नेवेरमा मात्र छ जनाले यसरी विदेशमा ज्यान गुमाइसकेका छन् भने खाडी मुलुकमा बिरामी भएर आएको केही दिनमै मृत्यु हुनेको सङ्ख्यासमेत तीन पुगेको छ । लापा गाविसमा २५ भन्दा बढीको कामको सिलसिलामा खाडी मुलुक गएर मृत्यु भएको पूर्व अध्यक्ष सिंहबहादुर तामाङको भनाइ छ । यस गाविसका पाँच सयभन्दा बढी युवा खाडी मुलुकमा काम गरिरहेका उहाँले बताउनुभयो । रासस

Posted by Arghakhanch Online on 3:47 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for रोजगारीका लागि दुबईको अबुधावीमा पुगेका टेकबहादुर तामाङको बिदा लिएर घर आउने खबर गरेको दुई दिनभित्रै मृत्युको खबर

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com