३ हजार मिटर लामो फरिया लगाएपछि …(फोटो फिचरसहित)
News, PhotoSlider, मनोरञ्जन 12:30 AM
नेपाली महिलाहरुमाझ दश हाते गुन्यु को कुरा चल्छ । तर आजभोली बजारमा आउने सारीहरु भने दश हातका हुँदैनन् छोटा र पारदर्शी समेत हुन्छन् ।
हामीकहाँ फरियाको लम्बाइ घट्दै गएको छ तर एक जना महिलाले झण्डै ३ हजार मिटर लामो फरिया लगाएर विश्व किर्तिमान कायम गरेकी छिन् । रोमानियाकी १७ वर्षीया मोडेल इम्माले २ हजार ७ सय ५० लामोफरिया लगाएर किर्तिमान कायम गरेकी हुन् ।
बेहुली पहिरनको रुपमा रहेको सेतोफरिया लगाएर बेलुनमा आकाशमा काबा खाएकी इम्माको फरिया भुइँ सडकमा समेत निकै परपुगेको थियो । राजधानी बुखारेस्टको आकाशमा बेलुनमा उडेकी इम्माको सडकमा लत्रिएकोफरिया सम्हाल्न धेरै मानिसलाई समेत हम्मे हम्मे परेको थियो । गिनिज वल्र्ड रेकर्डकार्यलयले इम्माको फरियालाई विश्वकै लामो फरियाको प्रमाणपत्र दिएको छ ।
यसअघियो किर्तिमान नेदरल्याण्डका एक जना डिजाइनरको नाममा थियो । २ हजार ७ सय ५०मिटर लामो यो फरिया बनाउन १ सय दिन लागेको बताइएको छ ।–एजेन्सीको सहयोगमा Source onlinekhabar