बुहारी बनाउने भन्दै बालिकामाथि बलत्कार
News, विचित्रसंसार 12:34 AM
आफ्न भविष्यकी बुहारीमाथि यौन दुव्र्यवहार गर्ने कुरा सभ्य मानिसले कल्पना सम्म पनि गर्न सक्दैन । तर आखिर मान्छे यौनपिपाशु भएपछि कस्को के लाग्छ र ? भारतको महाराष्ट्रमा एक ४२ वर्षका पुरुषले आफ्नो छोरासँग बिहे गरिदिने भनेर लोभ्याउँदै एक १२ वर्षकी बालिकामाथि बलत्कार गरेका छन् ।
महाराष्ट्रको उरोहिदास नगरका बासिन्दा अब्दुल शैखले यस्तो आपराधिक कुकर्म गरेका हुन् । आफ्नो १५ वर्षे छोरा सँग ५ वर्षपछि ती बालिकाको बिहे गरिदिने भनेर बालिकाका बाबुआमासँग कुरा मिलाइसकेपछि अब्दुलले बालिकालाई छोरासँग भेटाउन भन्दै एक होटलमा लगी अस्मिता लुटेका थिए ।
स्कुल जान भनेर हिँडेकी बालिकालाई आफ्नो छोरासँग भेटाउने भन्दै उनले गेष्ट हाउसमा लगेका थिए । होटलमा बालिकालाई स्कुल पोशाकमा लग्दा अरुले सोधपुछ गर्न सक्ने आशंकामा उनले पहिले ती बालिकालाई बुर्का लगाउन भनेका थिए ।
बुर्का लगाएर होटलभित्र छिरेकी बालिकाले बुवा समानका ती पुरुषले आफुमाथि त्यस्तो अन्याय गर्ला भनेर सोँचेकी पनि थिइनन् । तर एक्कासी कोठामा लगेर धम्की दिँदै ती पुरुषले जबरजस्ती बलत्कार गरे । बलत्कार गरेपछि अब्दुलले ती बालिकालाई आफ्नै गाडिमा चढाएर घरमै लगेर छोडिदिएका थिए ।
बालिकाकी बहिनीले त्यस दिन दिदी स्कुल नगएको बताएपछि आमाले केरकार गर्दा उनले आफुलाई उक्त पुरुषले गरेको अत्याचारको खुलासा गरेकी हुन् । छोरीको भनाइका आधारमा उनकी आमाले प्रहरीमा उजुरी गरेपछि प्रहरीले अब्दुललाई पक्राउ गरेको छ ।source onlinekhabar