Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

खाडी मुलुक पुगेका महिलाहरू यौन र श्रम शोषणमा परेका घटना बढ्दो क्रममा छन्।

 चैत ४- भारतलगायत खाडीमा काम गर्न पुगेका अधिकांश महिला यौन र श्रम शोषणमा पर्ने गरेको एक अध्ययनले जनाएको छ। चेलिबेटी बेचविखनविरुद्व क्रियाशिल माइती नेपालले गरेको अध्ययनअनुसार दलालको प्रलोभनमा परी भारत र खाडी मुलुक पुगेका महिलाहरू यौन र श्रम शोषणमा परेका घटना बढ्दो क्रममा छन्।  सन् २०११ मा विदेशबाट उद्वार गरेका बाइस महिलामध्ये ८ जना यौन र श्रम शोषणमा परेको माइती नेपालको नेपालगन्ज शाखाले जानकारी दियो। यौन शोषणका कारण कैयन महिला मानसिकरुपमा विक्षिप्त अवस्थामा पुगेका छन्। भारत र खाडी बाहेक पछिल्ला दिनमा दलालले नेपाली महिलालाई वंगलादेशमा पुर्याएर देहव्यापारमा लगाएको घटना समेत फेला परेको छ।
राम्रो काम पाइने भन्दै वंगलादेश पुर्याइकी झापाकी एक १५ वर्षीय युवतीको हालै माइती नेपालको पहलमा उद्वार हुन सके पनि अझै दाङ घर भएकी एक युवती उद्वारको पर्खाइमा रहेको माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले जानकारी दिए। कुवेत, लेवनान, वहराइन र साइप्रस पुगेका थुप्रै महिला यौन शोषणमा परेको र उद्वारका लागि आग्रह गरिरहेको कोइरालाले बताए। घरेलु कामदारका रुपमा महिलालाई विदेशमा नपठाउन आग्रह भइरहे पनि नबुझेर कैयन महिला खाडी मुलुक जाने र दुःख पाउने क्रम बढ्दो रहेको अध्ययनमा उल्लेख छ।
राम्रो काम र तलब पाइने आशाले विदेश पुगेका महिलाहरू शोषणमा पर्ने क्रम बढेपछि उद्वारका लागि पीडित र आफन्तले माइती नेपाल, प्रहरी लगायतका निकायमा दिने निवेदनको संख्या बढ्दो छ। एक वर्षयता माइती नेपाल नेपालगन्ज कार्यालयमा २ सय ८४ शोषणमा परेका महिलाका आफन्तले उद्वारका लागि निवेदन दिएका छन् । जसमध्ये २२ जनाको मात्र उद्वार हुन सकेको छ। कोइरालाका अनुसार खाडी मुलुकबाट उद्वार गर्ने बलियो संयन्त्र नभएका कारण थुप्रै महिला वर्षौदेखि पीडित छन्। उद्वार गरिएका महिलाहरूका अनुसार घर मालिक र उसका आफन्तले यौन दुर्व्यबहार गर्ने गर्छन्। सन् २००२ देखि हालसम्म एघार सय ६३ महिलाले विदेशबाट उद्वारका लागि आग्रह गरेकोमा हालसम्म १ सय ८१ महिलाको मात्र उद्वार हुन सकेको माइती नेपालले जनायो।
विगतका वर्ष भारतमा बेचिने महिलाहरू पछिल्ला दिनमा खाडी मुलुक र मध्यपूर्वका देशमा बेचिदा समेत सरकारी निकाय गम्भीर हुन नसकेको पीडितका आफन्त गुनासो पोख्छन्। डेढ वर्षअघि कुवेत जान भेनर घर छाडेपछि सम्पर्क विहीन भएकी बर्दिया, गुलरीया-१ बेलगाडीकी राजकुमारी चौधरीका बाबु देवारीले छोरीको खोजीका लागि विभिन्न निकाय धाउँदा पनि सहयोग नपाएको गुनासो गरे।
१७ वर्षीया राजकुमारीलाई गत वर्षको चैत्तमा गाउँकै दलालले कुबेत पठाइदिने भनी भारतको दिल्ली पुर्‍याएका थिए। देवारीका अनुसार विदेश पठाउने नारायण सुनार र डिलाराम पौडेललाई छोरी कहाँ गएको भनी सोध्दा 'खोजी गरिरहेको' भन्ने जवाफ दिने गर्छन्। नारायण र डिलारामलाई भेटनसमेत मुश्किल हुने गरेको उनले गुनासो गरे।

Posted by Arghakhanch Online on 8:57 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for खाडी मुलुक पुगेका महिलाहरू यौन र श्रम शोषणमा परेका घटना बढ्दो क्रममा छन्।

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com