Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

गुराँस एक्सपोर्ट एन्ड इम्पोर्ट लेखिएको होर्डिङबोर्ड ।

४ चैत, गुराँस एक्सपोर्ट एन्ड इम्पोर्ट लेखिएको होर्डिङबोर्ड । ठ्याक्कै मुनिको मन्दिरछेउबाट एक हुल तश्रोलिंगी निस्किए । जिन्सका छोटा हाफपाइन्छ अनी छातीमात्रै छोपिएका टिसर्ट । निकै मादक देखिएका छन् उनीहरु । नर्सिङचोकबाट उत्तरतिर जाने साँघेरो सडकमा नीलो प्लेटको झण्डाबाल गाडि अब उनीहरुतिर सर्यो । उनीहरु गाडीलाइ इसारा गर्दैछन् । ड्राइभर जुँगामा ताउ लगाउँदै आँखा जुधाउँदै छ ।
नर्सिङचोकबाट असइको नेतृत्वमा एक हुल प्रहरी लौरो घुमाउँदै आइपुग्यो । झरिसकेको ड्राइभर गाडिभित्रै उक्लियो, नर्सिङबाट बायाँतर्फ मोडियो । मन्दिका भित्तामा अडेस लागेर बसेका तेश्रोलिंगी पनि त्यसैगरी अलप भइसकेका थिए ।
प्रहरी गयो । मन्दिर फेरी भिडभाड । निलो नम्बरप्लेट फेरि मन्दिरनजिकै आइपुग्यो । अनि सुरु भयो उहीँ आँखा जुधाइ । मोटरसाइकलमा सवार दुइजना मन्दिरछेउ आएर रोकिए । तेश्रोलिंगी अब उनीहरुतर्फ मोडिए । वल्लो गल्लीमा आउन इसारा गरे । उनीहरुले त्यसै गरे । एउटीले सुनाइ, त्यो ड्राइभर त साह्रै स्लो रैछ यार। गल्लीको अँध्यारोबाट आवाज आयो, हजार रुपियाँ चाहिन्छ । मोटरसाइकलवालाले भन्यो पाँच सयमा हुन्छ ? एकजना झोक्किइन्, पाँच सयमा त छुनपनि पाइन्न ।
निकैबेर चल्यो शरीरको मोलमोलाई तर कुरा मिलेनछ । र्फकने सुरसार गर्दैगर्दा मोटरसाइकलवालो उनीहरुमाथि तितो पोख्यो, छक्का । उनीहरु कुटौँलाजस्तो गरी झम्टिए । तनाव बढ्दैजाँदा मोटरसाइकल मल्ल होटलतर्फ हुइँकियो । उनीहरु चुकचुकाए, सुरुमै लोदर लाग्यो भन्या ।
बुधबार मध्यराति नर्सिङ चोकबाट मल्ल होटलतर्फ जाने गल्लीमा देखिएको दृश्य हो यो । तेश्रोलिंगीसँगका शारीरिक मोलमोलाइका यस्ता दृश्य थुप्रै देखिन्छन् त्यहाँ । कोही मोल मिलाइ रात बिताउन लिएर हिड्छन् त कोहीचाहीँ कुटिएर फर्किन्छन् ।
पार्किङ गरिएका ट्याक्सिभित्रका मोलमोलाई अझ रोचक लाग्छन् । ट्याक्सीभित्रैबाट इसारा गरिरहेका उनीहरुलाई ग्राहकहरु सुरुमा त महिला नै सोच्छन् । जब उ लोभिँदै ट्याक्सीछेउँ पुग्छ जबर्जस्ती गाडिभित्र तान्छन् अनी ढोका बन्द गर्छन् । महिला नभएको चाल पाएपछि ग्राहक फुत्किन खौछ । जबर्जस्ती ग्राहकको हात आफ्ना अंगअंगमा पूराउँछन् र भन्छन् लु छाम मेरो सबै केटीको जस्तो छ ।
प्रहरीका अनुसार तेश्रोलिंगीको यस्तो धन्दा राजधानीको सुरक्षा व्यवस्थामै चुनौति बनिरहेको छ । यस्ता क्रियाकलापले पर्यटनबारे अन्तराष्ट्रिय जगतमा नराम्रो सन्देश गइरहेको पर्यटन व्यवसायीलाइ उधृत गर्दै आजको सौर्य दैनिकले छापेको छ ।

Posted by Arghakhanch Online on 8:51 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for गुराँस एक्सपोर्ट एन्ड इम्पोर्ट लेखिएको होर्डिङबोर्ड ।

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com