कुखुरा मार्दा चारघण्टा चक्काजाम
News, राष्ट्रिय समाचार 7:32 PM
२८ फागुन, अछाम जिल्लाको ठूलासैन बजारमा जिपले कुखुरा किचेर मार्दा ३ घण्टा चक्काजाम गरिएको छ ।
मंगलसेन-बेलखेत सडक खण्ड अन्तरगत ठूलासेन बजारमा एक जिपले स्थानीय व्यापारी टंकप्रसाद भण्डारको कुखुरा किचेर मारेपछि कुखुराको क्षतिपूर्ति दिनुपर्ने, बजार क्षेत्रमा गाडी चलाउँदा गति सिमित गर्नुपर्ने, छोटो दुरीका यात्रुलाई पनि हाल्नुपर्ने भन्दै स्थानीय बासिन्दाले हिजो चक्काजाम गरेका हुन् ।
कुखुरा मारेपछि जिप रोक्न आग्रह गर्दा पनि चालकले जिप नरोकेपछि बजारबासी आक्रोशित भएर चक्काजाम गर्न बाध्य भएको बजार व्यवस्थापन समितिका कोषाध्यक्ष सेतीराम भण्डारीले बताएका आजको गोरखापत्र दैनिकमा खबर छ । जिल्ला प्रशासन कार्यालय अछामले क्षतिपूर्ति दिने आश्वासन दिएपछि दिउसो २ बजेबाट भएको चक्काजाम ५ बजे खुलेको थियो ।
अछाम जिल्लामा चक्काजामको यस्तो घटना पहिलो भएको बताइएको छ । चक्काजामले यात्रुलाई सास्ती भएको थियो ।