फ्रि तिब्बतलाई सघाउन हजार बढी उद्योग
News, राष्ट्रिय समाचार 7:34 PM
२८ फागुन, स्वतन्त्र तिब्बत आन्दोलनलाई आर्थिक सहयोग गर्न नेपालमा एक हजारभन्दा बढि उद्योग सञ्चालन भएको खुलासा भएक्ो छ ।
हिमाली क्षेत्रबाट नेपाली नागरिकका नाममा नक्कली नागरिकता लिने तिब्बतीहरुसमेत यस्ता उद्योग संचालक रहेको सरकारी गोप्य प्रतिवेदनमा उल्लेख छ ।
राष्ट्रिय अनुसन्धान विभागले तयार पारेको प्रतिवेदनमा तिब्बती शरणार्थीले उत्तरमा चिनियाँ सीमादेखि दीषणमा तराइसम्म उद्योग संचालन गरिरहेका उल्लेख छ ।
स्वतन्त्र तिब्बत आन्दोलनमा सदस्यहरुले रेस्टुरेन्ट तथा बार , इँटा भट्टा, कार्पेट, पस्मिना, गार्मेन्ट, कम्प्युटर ट्रेनिङ, अकुपञ्चर तथा चिनिया भाषा संस्था लगायतका उद्योगमा लगानी गरेका छन् । त्यस्ता उद्योगहरुलाई आन्दोलनकारी जमघट हुने थलोको रुपमा प्रयोग गर्ने गरिएको आजको राजधानी दैनिकले छापेको छ ।
चिनिया दुताबासले यस्ता उद्योग बन्द गर्न दुइ वर्षअघि नै सरकारलाई आग्रह गरेको भएपनि सरकारले अहिलेसम्म नियन्त्रण गर्न नसकेको प्रतिवेदनमा उल्लेख छ ।
तिब्बत आन्दोलनलाई सहयोग गर्नेमा गोकर्णमा रहेको नामडोल उच्च माविका निर्देशक वाङ्दु पुन्चोक, बौद्धस्थित रुद्र रेस्टुरेन्टका संचालक चन्दन शाक्य, सामदेलिङ गुम्बाका अध्यक्ष तेन्जिङ लामा, मेनेजर पेम्बा तामाङ लगायतका छन् ।
स्वतन्त्र तिब्बत आन्दोलनमा नेपालका नेता, मानवअधिकारकर्मी, व्यापारी लगायतले सहयोग गरिरहेका विभागको प्रतिवेदनले जनाएको छ ।