छुट्टाछुट्टै दुर्घटनामा यहाँ तीन बालबालिकाको मृत्यु भएको छ
News, राष्ट्रिय समाचार 12:09 PM
कपिलवस्तु, फाल्गुन २८ - छुट्टाछुट्टै दुर्घटनामा यहाँ तीन बालबालिकाको मृत्यु भएको छ । चाकलचौडाबाट काठमाडौं जाँदै गरेको लु१ख ६७९६ नम्बरको बसले ठक्कर दिँदा पतरिया-६ का सुन्दर खनालका ३ वर्षीय छोरा सफलको मृत्यु भएको छ ।
पकडी-पिपरा सडक खण्डको पतरिया-६ बगदीमा ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको इप्रका पिपराले जनायो ।
त्यसैगरी भलबार्डमा दुई बालिकाको डुबेर मृत्यु भएको छ । भलवार्ड-७ पडरिया नजिकैको धिरे खोलाको रहमा डुबेर उक्त ठाउँ बस्ने ९ वर्षीया सचिना र ८ वर्षीया वसन्ती गुरुङको मृत्यु भएको इप्रका पिपराले जनायो । गोठाला गएका बेला पौडी खैल्दा उनीहरूको मृत्यु भएको थियो । दुवै जना गाउँको विद्यालयमा कक्षा ३ मा पढ्थे ।