Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

सरकारी कार्यालयमा प्रहरी निगरानी

फाल्गुन २८ - बबरमहलस्थित आयल निगम कार्यालयनजिकै बम विस्फोट भएपछि प्रहरीले सरकारी कार्यालयमा निगरानी बढाएको छ । सर्वसाधारणको भीडभाड हुने र संवेदनशील कार्यालयमा सुरक्षा बढाएको प्र्रहरी आयुक्त कार्यालयले जनाएको छ ।

उपत्यकामा विस्फोटकको घटना बढेपछि तीनै जिल्लामा जनशक्ति थप गरी सुरक्षा मजबुत बनाएको महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रवक्ता एसएसपी रविराज श्रेष्ठले बताए । त्यसका लागि काठमाडौं, भक्तपुर र ललितपुरका लागि पाँच सय थप सुरक्षाकर्मी परिचालन गरेको उनले बताए । त्यसमा काठमाडांैमा मात्रै २ सय ५० जना जनशक्ति थप गरिएको काठमाडौं परिसरले जनाएको छ । सिंहदरबारका कार्यालयहरू, जिल्लास्तरीय सरकारी कार्यालय र भीडभाड हुने स्थानमा चेकजाँच कडा बनाएको छ । त्यस्तै भीडभाडमा विस्फोटक पदार्थको राम्रो ज्ञान भएको कुकुर पनि परिचालन गर्ने गरेको श्रेष्ठले बताए ।

मालपोत, नापी, नगरपालिका, जिल्ला विकास लगायतको कार्यालयमा पुग्ने सर्वसाधारणलाई गेटमै चेकजाँच गराएरमात्रै भित्र पठाउने गरेको छ । उपत्यका सुरक्षा मजबुत बनाउन दुई नम्बर गण, दंगा प्रहरी गण, पहरा गण र प्रहरी प्रधान कार्यालयबाट जनशक्ति थप ल्याइएको एसपी श्रेष्ठले बताए । 'तीन जिल्ला परिसरमा आवश्यकताअनुसार जनशक्ति पठाएका छौं, त्यसअनुसार सुरक्षा व्यवस्था राम्रो भएको छ,' उनले भने, 'ठाउँ ठाउँमा चेक प्वाइन्ट राख्ने, शंकास्पद क्षेत्र, सवारी साधन, उपत्यका भित्रिने नाकामा चेकिङ बढाएका छौं, सर्वसाधारणको पनि सहयोग आवश्यक छ ।'

तीनै जिल्लाको चेकजाँच कस्तो छ ? भन्ने अनुगमन गर्न प्रधान कार्यालय र आयुक्त कार्यालयले अनुगमन गर्ने गरेको उनले बताए । आयुक्तबाट एसपी वा डीएसपीको कमान्डमा अनुगमन गर्ने गरेका छन् । 'चेकिङ नाममा जनताई दुःख दिइएको छ कि, नाम मात्रैको चेकजाँच भइरहेको छ भनेर अनुगमन हुन्छ,' उनले भने । त्यस्तै सुरक्षालाई मध्यनजर गर्दै उपत्यकाको डिस्को १२ बजेसम्म मात्रै खोल्न दिने र अन्य रेस्टुरेन्ट १० बजे नै बन्द गर्नुपर्ने व्यवस्था गरेको उनले जानकारी दिए ।(source इकान्तिपुर )

Posted by Arghakhanch Online on 12:01 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for सरकारी कार्यालयमा प्रहरी निगरानी

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com