Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

एक किशोरलाई स्थानीय युवाहरुको एक समुहले बिहीबार सामुहिक बलात्कार I

 फागुन २७,एसएलसी परीक्षाको तयारीमा जुटेका बारा अमलेखगन्जका एक किशोरलाई स्थानीय युवाहरुको एक समुहले बिहीबार राति सामुहिक बलात्कार गरेका छन्। डम्मरपुर घर भई अमलेखगन्जस्थित फुपुको घरमा बस्दै आएका १८ बर्षिय जिवन गोलेलाई (नाम परिवर्तन)घरमा कोही नभएको मौका पारेर बिहीबार राति १० बजे चार जनाको समूहले हतियार देखाउँदै बलात्कार गरेका हुन्।

'म भान्सामा बसेर खाना बनाउदै , पढ्दै थिए ', अमलेखगन्ज चौकीमा उजुरी गर्न आएका किशोरले भने -'अचानक उनीहरु घर भित्र छिरेर छुरी देखाउँदै दुर्व्यवहार गर्न थाले। ' फुपु गुम्बामा गएकाले आफु घरमा एक्लै रहेको उनले सुनाए। 'चिनेको एक दाइले पहिला घरमा को-को छ भनेर सोध्नु भयो ', उनले भने - 'मैल्ये कोही छैन , म एक्लै हो भनेपछि उनले साथीहरुलाई बोलाए र बलात्कार गरे।'

हल्ला गरे मारिदिन्छु भनेकाले आफु रोएर बस्न विवश भएको उनले सुनाए। 'उनीहरु सवैले पालै-पालै नराम्रो कार्य गरे ', उनले भने -'अन्तमा म वेहोस भएर लडे।' होसमा आउँदा घरमा आफन्त जम्मा भइसकेको उनले सुनाए। 'मैल्ये सवै कुरा फुपुलाई भने ', उनले थपे - 'त्यसपछि प्रहरी पनि आइपुगे।'

पिडित किशोरले शुक्रबार विहान समयमा आत्महत्या गर्ने प्रयास समेत गरेको फुपुले सुनाइन्। 'हामीले उसलाई संझायौ ', उनले भनिन् -.'अन्तत उसले आफ्नो त्यो विचार त्यागिदियो।' दोषीलाई कारवाही भए आफुले पढाइ निरन्तरता दिने किशोरले सुनाए। 'म पढेर ठूलो मान्छे बन्नको लागि घर छाडेर याहाँ आएको हुँ ', उनले भने - 'म पढाईलाई निरन्तरता दिने छु।' दोषीलाई प्रहरीले पक्रेपछि आफनो गिरेको 'आत्मबल' बढेको उनले सुनाए।

किशोरको किटानी जाहेरीको आधारमा प्रहरीले स्थानीय ६ युवालाई नियन्त्रणमा लिएको छ। 'जसमा एकलाई पीडित किशोरले पहिचान गरेका छन् ', अमलेखगन्ज चौकीका सई अरुणकुमार कुशवाहले भने - 'अरुको बिषयमा अनुसन्धान गर्देछौ।' दोषीलाई कडा भन्दा कडा कारवाही गरिने उनले सुनाए।

Posted by Arghakhanch Online on 8:04 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for एक किशोरलाई स्थानीय युवाहरुको एक समुहले बिहीबार सामुहिक बलात्कार I

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com