मोटरसाइकल दुर्घटना हुँदा पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीका घुमुवा प्रहरीको मृत्यु
News, राष्ट्रिय समाचार 2:32 PM
चैत ९- पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको कावासोती जंगलमा सोमबार राति मोटरसाइकल दुर्घटना हुँदा घुमुवा प्रहरीको मृत्यु भएको छ ।
सोमबार राति करिब १० बजे राजमार्गमा लु ५ प २३४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा इलाका प्रहरी कार्यालय कावासोतीमा कार्यरत प्रहरी जवान भरत घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पछिल्लो समयमा घुमुवा प्रहरीको रुपमा काम गर्दै आएका घिमिरेको ठूला सवारी साधनको ठक्करबाट मृत्यु भएको आशंका प्रहरीले गरेको भएपनि कुनै पनि सवारी साधन पक्राउ परेको छैन् । प्रहरीमा घुमुवा राख्ने चलन हटेको बताइएपनि प्रहरीका प्रमुखहरुले आफ्नो इलाकामा घुमुवा राख्ने गरेका छन् ।
दुर्घटनामा मृत्यु भएका प्रहरी जवान घिमिरेको शव इलाका प्रहरी कार्यालयमा राखिएको छ । आफन्तहरु आउनेक्रम भएकाले शव कार्यालय हाता भित्रै राखिएको प्रहरीले जनाएको छ । -स्रोत : कान्तिपुर