हत्याका अभियुक्तलाई मुद्दा चलाउन भारतीय प्रहरीको आनाकानी
News, राष्ट्रिय समाचार 3:13 PM
चैत ९- मर्चवारका व्यवसायी पर्शुराम यादवका १० वर्षीय छोरा दिवाकरको शव भेटिएको महिना बित्न लाग्दा हत्यामा संलग्न अभियुक्तमाथि मुद्दा दायर भएको छैन। मुद्दा नचल्दा दोषी उम्कने भन्दै यादव परिवारले चिन्ता व्यक्त गरेको छ। भैरहवाबाट अपहरण गरी अपराधीहरुले भारतीय भूमिमा लुकाउदै राखेका र अन्ततः हत्या गरेका हुनाले हत्यामा संलग्न अभियुक्तहरुमाथि भारतमा नै मुद्दा चलाउदा मुद्धा बलियो हुने नेपाली प्रहरी अधिकारीको भनाई छ। पहिले भारतमा मुद्धा चलाएपछि नेपालमा मुद्दा चलाउने तयारी गरेको नेपाल प्रहरीले भारतमा घटनामा आरो्पित अभियुक्तहरुमाथि मुद्दा चलाउन गरेको अनुरोधलाई भारतीय प्रहरीले पटक पटक लत्याउदै आएको छ । ‘उनीहरुले सकेसम्म मुद्दा चलाउन चाहेका छैनन्, विभिन्न संयन्त्र प्रयोग गरी मुद्दा चलाउनको लागि पहल गरिरहेका छौं-रुपन्देहीका एसपी रविन्द्र रेग्मीले नागरिकलाई भने।
अपहरण गरेर लुकाएको र हत्या भएको ठाउँ भारतमै भएको र आरोपित व्यक्तिहरुमध्ये केही भारतीय भएकाले पनि नेपालले सकेसम्म भारतमा नै चलाएर मुद्धालाई बलियो बनाउन चाहेको छ। ‘ घटना जता भएको हो मुद्धा पनि त्यतै चल्दा दोषी उम्कन पाउदैनन्, त्यसैले भारतमै पहिले मुद्धा चल्नुपर्छ- एसपी रेग्मीले भने।
तर भारतीय प्रहरी अधिकारीहरु भने मुद्धा चलाउन तयार छैनन्। उनीहरुले मुद्धा भारतमा नभई नेपालमा चल्ने बताईसकेका छन्। ‘नेपालको घटना भएकोले मुद्धा भारतमा नभएर उतै चल्छ- भारतको महाराजगञ्ज जिल्लास्थित बृजमनगञ्ज थानाका थानाध्यक्ष एमपी चर्तुवेदीले भारतीय अखवारहरुलाई प्रतिक्रिया जनाएका छन्। भारतीय कानुन व्यवसायीले पनि घटनास्थल भारतमै भएकोले त्यही मुद्धा चल्दा दोषीले सजाय पाउने प्रतिक्रिया दिएका छन्।
भैरहवाको लुम्विनीरोडस्थित नेपाल नालन्दा बोर्डिङ स्कुल कक्षा २ मा पढ्ने १० बर्षीय दिवाकर जेठ २९ गते स्कुलबाट घर फर्कदै गर्दा अपहरणमा परेका थिए। रुपन्देहीको रोहिणीहवा- ४ का पर्शुरामले छोरालाई बोर्डिङ स्कुल पढाउन भैरहवास्थित बहिनीको घरमा राख्दै आएका थिए। स्कुल छुट्टी भएर घर फर्कदै गरेका दिवाकरलाई ललाई फकाई उनका मामा नाता पर्ने दुर्योधनले अपहरण गरेर सीमा पार गराएका थिए।
फागुन १३ गते भारतको महाराजगञ्ज जिल्ला बडेहारी गाउ"स्थित नालामा खनेर दिवाकरको शव निकालिएको थियो। शव रहेको ठाउ"को जानकारी भइसकेपछि पनि भारतीय प्रहरीले शव निकाल्न असहयोग गरेको नेपाली प्रहरी अधिकारीहरुको अनुभव गरेका छन्। शव खन्न विहानै भैरहवाबाट ५० किलोमिटर टाढाको भारतीय गाउ" बृजमनगञ्ज पुगेको नेपाली प्रहरी टोलीलाई सा"झ ५ बजेसम्म बृजमनगञ्ज थानाका थानाध्यक्ष एमपी चतुवेर्दीले अनेक बहाना गर्दै रोकेका थिए। ‘पटक पटकको छलफलपछि शव निकाल्न उनी सहमत भएका थिए-शव निकाल्न गएका रुपन्देही जिल्ला प्रहरी कार्यालयका इस्पेक्टर प्रविण धितालले भने।प्रहरीका अनुसार, नेपाल र भारतका दर्जन संगठित अपराधीहरुको संलग्नता रहेको यो घटनाका मुख्य योजनाकार पर्शुरामकै परिचित बर्कत अलि मुसलमान हुन्। ७५ लाख रुपैंया फिरौती मागेका अपहरणकारीले बालकलाई भारतको नौतनवादेखि बृजमनगञ्जसम्मको क्षेत्रमा ठाउँ सार्दै राख्दै आएका थिए।

यो घटनामा संलग्न बरकत अली र अरमान मुसलमान पक्राउ परेका छन्। घटनामा संलग्न अन्य भारतीय भूमिमा लुकिछिपी बसिरहेका छन्। बालकलाई स्कुलबाट फर्कदै गर्दा अपहरण गर्ने मामा नाता पर्ने दुर्योधन यादव, बालकलाई अपहरण मुक्त गराइदिने भन्दै रकम असुलेका कुदरत अली अहिले फरार भई भारतीय भूमिमा बस्दै आएका छन्। त्यसैगरी भारतीय नागरिक रमेश यादव, आंशु सिंह र तुल्ला मुसलमान पनि फरार नै छन्। रमेश फिरौती माग्ने हुन् भने आंशु र तुल्लाले बालकलाई ठाउँ सार्दै राख्दै आएका व्यक्ति हुन्। भारतमा मुद्धा चल्दा फरार भएका नेपाली अभियुक्तलाई लुक्न अप्ठारो पर्ने र फरार भारतीय अभियुक्त पनि सजिलै कानुनी दायरामा आउने बुझेको नेपाल प्रहरीले यता मुद्धा चल्दा सजिलै अपराधीले मुक्ति पाउने बताएको छ।घटनामा संलग्न अभियुक्तहरुलाई भारतमै कानुनी कारवाहीका लागि भारतीय प्रहरीस"ग निरन्तर समन्वय भइरहेको रुपन्देहीका एसपी रेग्मीले बताए। स्रोत :नागरिक