के छापियो मंगलबारका दैनिक पत्रिकामा ?
News, राष्ट्रिय समाचार 7:33 PM
आज मिति २०६८ साल फागुन २३ गते मंगलबार । आज काठमाडौंबाट प्रकाशित नागरिक दैनिकले फोरम गणतान्त्रिक सरकारबाट बाहिरिने भन्दै कार्यवाहक अध्यक्ष राजकिसोर सिंहले भनेको कुरालाई प्रमुख समाचार बनाएको छ । यस्तै शिशु प्रहरीसँग, आमा हिरासतमा शीर्षकमा अर्को समाचार छापेको छ ।
कान्तिपुर दैनिकले अहिलेसम्म पनि सर्वसाधारणले सहजरुपमा ग्यास पाउनन नसकेको भन्दै ‘हेलो सरकार ! ग्यास चाहियो’ शीर्षकमा प्रमुख समाचार छापेको छ । यस्तै कांग्रेसको मधेश अभियान शीर्षकमा लीलाबल्लभ घिमिरेले बिराटनगरबाट समाचार लेखेका छन् ।
अन्नपूर्ण पोष्ट दैनिकले गृहमन्त्रीका कार्यकर्ताले कर्मचारी कुटेको समाचारलाई मुख्य पेजमा छापेको छ ।