Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

एक युवतीलाई अपहरण गरेर दुइ लाख फिरौती माग्ने दुइ प्रहरी पक्राउ

२३ फागुन,  कुबेतबाट फर्किएकी एक युवतीलाई अपहरण गरेर दुइ लाख फिरौती माग्ने दुइ प्रहरी पक्राउ परेका छन् । साढे दुइ वर्षअघि कुबेत पुगेकी सिन्धुपाल्चोककी सोममाया तामाङ काठमाण्डौ आएको थाहा पाएपछि प्रहरी प्रधान कार्यालयको भण्डार शाखामा कार्यरत प्रहरी हवल्दार होमबहादुर तामाङ र केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत प्रहरी हवल्दार कमल राइले उक्त अपहरणको योजना बनाएका थिए ।
कुबेतबाट राजधानीको जोरपाटीमा रहेको मीतभाइको कोठामा बस्दै आएकी सोममाया तामाङलाई अपहरण गर्न गएका दुइ प्रहरी हवल्दारले सोममायाका मीतभाइलाई शुरुमा अपहरण गरी फिरौती मागेको र पछि उनलाई नै अपहरण गरी गोंगबुमा लगेर एउटा होटलमा राखेका थिए ।
कुबेतमा दुइ वर्ष बसेर काम गरिरहेकी सोममाया भिषाको म्याद गुजारेर बसेपछि कुबेत प्रहरीले ६ महिला जेल राखेर नेपाल फर्काएको थियो । कुबेतबाट टाट पल्टिएर नेपाल फर्केको ४ दिनपछि उनी अपहरणमा परेको महानगरीय प्रहरी वृत्त बौद्धले जानकारी दिएको छ ।
आजको नेपाल समाचारपत्रमा छापिएको खबर अनुसार अपहरणकारी प्रहरीले ट्याक्सीमा सोममायालाई राखेर गोंगबुको एक गेष्ट हाउसमा लगेर उनका मितभाइ मानबहादुरलाई २ लाख रुपैयाँ लिएर आउन धम्की दिएका थिए । प्रहरीकै अपहरणमा परेकी सोममायालाई होटलमा कुर्न बसेका प्रहरी हवल्दार कमल राइले जबरजस्ती ३ पटक करणी गरेको पीडितले बताएकी छिन् ।
श्रीमानले छाडेर अर्कै श्रीमती लिएर हिँडेपछि लालाबाला पाल्न सोममाया कुबेत पुगेकी थिइन् । तर कुबेतमा पनि जेल बस्नुपरेकी सोममायाले देशमा फर्किएपछि अपहरणमा पर्नु मात्र परेन आफ्नो अस्मिता पनि लुटियो ।

Posted by Arghakhanch Online on 7:30 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for एक युवतीलाई अपहरण गरेर दुइ लाख फिरौती माग्ने दुइ प्रहरी पक्राउ

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com