सरकार र शिक्षकबीच वार्ता सुरु
News, राष्ट्रिय समाचार 7:27 PM
२३ फागुन,विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका शिक्षक र सरकारबीच वार्ता सुरु भएको छ ।
विगतमा गरिएका सहमतिको कार्यान्वयन गर्नुपर्ने लगायतका माग राख्दै आन्दोलनमा उत्रिएका शिक्षक र सरकारबीच शिक्षा मन्त्रालयमा वार्ता सुरु भएको हो ।
अस्थायी शिक्षकलाई स्थायी गर्नुपर्ने लगायतका विषयमा यसअघि नै भैसकेका सहमति कार्यान्वयन हुनुपर्ने भन्दै शिक्षकहरुले थप ४७ सुत्रीय माग राख्दै आन्दोलन गर्दै आएका छन् ।
शिक्षा मन्त्री दिनानाथ शर्माले सरकारले शिक्षक, कर्मचारीका समस्यालाई वार्ताका माध्यमबाट सम्बोध गर्ने भन्दै शिक्षकहरुले विद्यालय बन्द गरी आन्दोलन गरेमा कारवाही गरिने बताउँदै आउनुभएको छ ।