हिरोइनले क्यामेरा खोसिन्
News, राष्ट्रिय समाचार 7:29 PM
काठमाडौं, फागुन १९ अभिनेत्री निशा अधिकारीले आफ्नो फोटो खिचेको निहुँमा सञ्चारकर्मी अनुप भट्टराईलाई दुर्व्यवहार गरेकी छिन्। राजधानीमा बिहीबार आयोजित फिल्म 'लुट'को ५१ औं दिनको पार्टीमा निशाले भट्टराईको क्यामेरा खोसेकी थिइन्।
'फोटो खिचिरहेको बेला मलाई निशा र मोडल साहना बज्राचार्यले धकेले र क्यामेरा खोस्न खोजे,' अनुपले भने, 'सार्वजनिक कार्यक्रममा फोटो खिच्न किन अवरोध गरे मैले बुझेको छैन।'
कार्यक्रममा उपस्थित पत्रकारले निशाको व्यवहारको विरोध गरेपछि उनले स्टेजमा गएर माफी मागेकी थिइन्। 'कार्यक्रममा यो घटनालाई मसला बनाउने काम गरियो। मबाट गल्ती भएको भए माफी माग्न तयार छु,' उनले क्यामेरा खोस्न खोज्नुको कारण भने खुलाइनन्।
यो घटनाले केहीबेल 'लुट'को औपचारिक कार्यक्रम बिथोलिएको थियो।(नागरिक न्युज बाट)