हर्बोमा वाणिज्यको छापा
News, राष्ट्रिय समाचार 12:46 PM
चैत्र ४ - वाणिज्य विभागले पिरामिड व्यापार गर्ने हर्बो इन्टरनेसनल प्रालिको बानेश्वरस्थित केन्द्रीय कार्यालयमा छापा मारेको छ । उपभोक्ता अधिकार अनुसन्धान मञ्चले हर्बो र त्यसका सञ्चालकमाथि कारबाहीको माग गर्दै बुधबार उजुरी दिएको थियो । त्यसको दुई दिनपछि शुक्रबार विभागले हर्बोमा छापा मारेको हो ।
'विश्व उपभोक्ता दिवसका अवसरमा बिहीबार विभागमा कार्यक्रम रहेकाले त्यसलगत्तै हर्बोमा अनुगमन गरेका हौं,' कामु महानिर्देशक शंकरप्रसाद पौडेलले भने । पौडेलका अनुसार विभागको टोली हर्बोको कार्यालय पुग्दा सञ्चालक थिएनन् । 'कर्मचारीले इजाजतपत्र र अन्य कागजात देखाउन सकेनन्,' उनले भने, 'हामीले इजाजतपत्र र हर्बोका सम्पूर्ण कागजात ३ दिनभित्र पेस गर्न भनेका छौं ।'
अनुगमन टोलीमा विभागकी शाखा अधिकृत रेखा मिश्र, प्रहरी र उपभोक्ता मञ्चका सदस्य रोशन पोखरेल थिए । विभागले शुक्रबारै विज्ञप्ति जारी गरी नेटवर्क मार्केटिङ व्यवसाय गैरकानुनी भएको प्रस्ट पारेको छ । 'यस विभागबाट दिइएका विभिन्न चारवटा कम्पनी -नेटवर्क मार्केटिङ) को इजाजतपत्रको म्याद २०६७ असार मसान्तयता समाप्त भएको र त्यसपछि कुनै पनि कम्पनीको इजाजतपत्र नवीकरण नभएकाले यस किसिमको नेटवर्क मार्केटिङ व्यबसाय सञ्चालन गर्नु गराउनु गैरकानुनी हो,' विभागबाट जारी विज्ञप्ति र वेबसाइटमा राखेको सार्वजनिक सूचनामा उल्लेख छ, 'कुनै पनि किसिमले नेटवर्क मार्केटिङ कारोबार नगर्न, नगराउन सम्बन्धित सबैलाई पुनः जानकारी गराइएको छ ।'
हर्बोले वाणिज्य विभागमा दर्ता भएको दाबी गर्दै सार्वजनिक सूचना निकालेपछि त्यसको खण्डन गर्न विभागले पनि सार्वजनिक सूचना जारी गरेको हो । 'नेटवर्क मार्केटिङ व्यवसायलाई वैधानिकता प्रदान गर्ने सम्बन्धमा हालसम्म कुनै कानुनी व्यवस्था नभएको र विगतमा वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट जारी भएको नेटवर्क व्यवसाय सञ्चालन निर्देशिका २०६६ समेत खारेज भइसकेकामा हाल केही व्यबसायीले वाणिज्य विभागबाट स्वीकृति लिएको भनी यस विभागको नाम गाँसेर कारोबार गरिरहेको विभिन्न सञ्चार माध्यमबाट बुझिन आएको छ,' सार्वजनिक सूचनामा उल्लेख छ ।
हर्बोले केही दिनयता विभिन्न पत्रपत्रिकामार्फत सार्वजनिक सूचना जारी गरी आफ्नो वैधानिकता दाबी गर्दै आएको छ । 'हर्बो इन्टरनेसनल प्रालिले नेटवर्क मार्केटिङ व्यवसाय सञ्चालन निर्देशिका २०६६ को प्रावधान बमोजिम दर्ता भई व्यवसाय सञ्चालन गरिरहेको छ,' हर्बोको सार्वजनिक सूचनामा उल्लेख छ । कुनै पनि व्यवसाय दर्ता र सञ्चालन गर्न छुट्टै कानुन चाहिन्छ ।source ekantipur