Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

कमाउन गएकी चेलीको फर्केर त आइन्, तर शव बनेर

चैत ९- सिन्धुपाल्चोककै लोकगायक घमेश दुलालको स्वरमा गुन्जने '....मरे चिठी धागोले बाँधेको बाँचे होला भेट' बोलको गीतले अझै परदेशीयकाका आफन्तको मन कुँडिन्छ। यो कस्तो संयोग! गीत जस्तै कमाउन साउदी अरब गएकी लक्ष्मी खड्का गुरुङ फर्केर त आइन्, तर शव बनेर। 
राम्चे-७ की २४ वर्षीया लक्ष्मी गत पुस १५ गते मात्र आठ वर्षे बालक छोरालाई श्रीमान्को जिम्मामा सुम्पेर साउदी अरव उडेकी थिइन्। त्यहाँ पुगेको दुई महिनामै श्रीमान् बालकुमारले दुःखद् खवर सुने, 'बिरामीले थलिएकी' लक्ष्मीले सँधैका लागि धर्तीबाट विदा लिइन्। तीन सातापछि उनको शव सोमबार साँझ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रियो। मंगलबार साँझ स्थानीय सुनकोसी नदीमा उनको अन्तिम संस्कार गरिएको छ। वृद्ध ससुरा गोपालले बुहारीको पार्थिव शरिरमा दागबत्ती दिंदा उपस्थित आफन्त र गाउँलेको मन थामिएन। आशुँले सबैका आँखा भिजे। 
'सुखद भविश्यको सपना देखेर विदेश पठाएको थिएँ। अहिले कल्पना नगरेको बज्रपात आइलाग्यो,' दाहसंस्कारस्थलबाट श्रीमान् बालकुमारले गला अवरुद्ध पार्दै टेलिफोनमा भने। उनी उडेको दिन गुरुङ समुदायको ल्होछार थियो। सासुले चाडबाडमा रुवायर घर नछोड्न लक्ष्मीलाई आग्रह गरेकी थिइन्। सुन्दर भविश्यका लागि अघि बढेका उनको पाइला रोकिएनन्। 'भेट नहुनलाई रहेछ,' विगत सम्झदैं आफन्त रुवावासी गरिरहेका थिए। 
बालकुमारका अनुसार हगाम-याङ्लाकोटका दलाल दोर्जे तामाङले उनलाई विदेश उडाएका थिए। श्रीमानसँगको घर सल्लाहबाटै उनले विदेश जाने अनुमती पाएकी थिइन्। बालकुमार आफैं श्रीमतीलाई विदाई गर्न एयरपोर्ट पुगेका थिए। साउदीको राजधानी रियादस्थित एक घरमा उनी घरेलु कामदार थिइन्। दलालले मासिक १४-१५ हजार रुपैयाँ कमाइ हुने बताएका थिए। '४५ हजार ऋण खोजेर पठाएको थिएँ,' बालकुमारले भने।
फागुन तेस्रो सातातिर लक्ष्मीलाई फोन गर्दा उनले मृत्युको खवर पाएका थिए। फोनमा विरामी भएर उपचारको क्रममा अस्पतालमा उनको निधन भएको बताइएपनि मृत्युको खास कारण परिवारलाई अझै थाहा छैन। फेब्रावरी २८ (फागुन १६) गते मृत्यु भएको भनिएको जानकारी दिंदै उनले भने, 'यताबाट जाँदा लक्ष्मीको स्वास्थ्यमा कुनै समस्या थिएन। मेडिकल पास भएरै गएकी थिइन्।'
लक्ष्मीका ससुरा गोपालका दुई परिवार छन्। एउटी सासु राम्चे-७ मा र अर्की ठूलोपाखर-६ मा बस्छन्। दुबैतिर आलोपालो गर्ने लक्ष्मी ठूलोपाखरमा बढी बस्थिन। फूल्पिङडाँडा-३ माइती भएकी उनको नौ वर्षअघि बालकुमारसँग अन्तरजातीय प्रेम विवाह भएको थियो। विहेको वर्षदिनपछि उनीहरुका छोरा जन्मेका थिए। सामान्य लेखपढ गर्न जान्ने लक्ष्मी क्षत्री (खड्का) समुदायकी हुन्। बालकुमार पनि सामान्य लेखपढका छन्। खेती, किसानीले मात्रै जीवन धान्न मुश्किल भएपछि विदेश जाने लक्ष्मीको इच्छालाई आफूले स्वीकृति दिएको उनले बताए। स्रोत :नागरिक 

Posted by Arghakhanch Online on 2:15 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for कमाउन गएकी चेलीको फर्केर त आइन्, तर शव बनेर

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com