Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

एसएलसीपरीक्षा केन्द्रमा गोली चल्यो

चैत ११- चिट चोराउन नदिएको भन्दै शुक्रबार पूर्वि सुर्खेतको बजेडीचौरस्थित एसएलसी परीक्षा केन्द्रमा स्थानीयले प्रहरी र शिक्षकमाथि ढुंगामुढा गर्न थालेपछि प्रहरीले भिड तितरबितर पार्न चार राउन्ड गोली फायर गरेको छ। बिहान ११ बजे गणित विषयको परीक्षा सकिएको पाँच मिनेटमै हजारको संख्यामा विद्यालयबाहिर जम्मा भएका स्थानीयले प्रहरी र परीक्षाकेन्द्रका शिक्षकमाथि ढुंगामुढा गरेका थिए। त्यसबाट सुरक्षार्थ खटिएका बादेपिपल इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगेन्द्रसिंह थापाको चिउरोमा चोट लागेको छ। चारैतिरबाट घेरा हालेर एकोहोरो रुपमा ढुंगामुढा हुन थालेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन चार राउन्ड हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालयका एसपी गोविन्दराम परियारले बताए। 'ग्यास गन नभएकाले ३०३ राइफलबाट हवाई फायर गर्नु परेको हो,' उनले भने, 'यसले गर्दा थोरै सुरक्षाकर्मी भएको घटनास्थलमा कुनै अप्रिय स्थिति निम्तिएन।' वीरेन्द्रनगरदेखि करिब ७० किलोमिटर पूर्वमा अवस्थित बजेडीचौरमा राकमबाट प्रहरी निरीक्षक थापाको कमान्डमा १३ प्रहरी तैनाथ थिए। आइतबारदेखि केन्द्रमा थप प्रहरीबल खटाएर परीक्षालाई मर्यादित बनाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
विगतमा स्थानीयले खुलेआम बाहिरबाट चिट चोराउने गरेकाले यसपटक कडाई गर्न खोज्दा स्थानीयले आक्रमण गरेका केन्द्राध्यक्ष हिक्मत रोकाले बताए। 'हामीले प्रहरीको सहायोगमा बाहिरबाट चिटिङ हुन दिएनौँ,' उनले भने, 'भित्र पनि टाइट गरेपछि यस्तो स्थिति आयो।' केन्द्रमा बागेश्वरी उमावि राकम, मावि काफलकोट, मावि आग्रीगाउँ र मावि सुन्तलाका ३ सय ६८ विद्यार्थी सहभागी छन्। उनीहरुका अभिभावकहरुले परीक्षा अत्यन्त कडा भएको जनाउँदै अलिकति खुकुलो पार्न माग गर्दै आएका थिए। झडपपछि अधिकांश परीक्षार्थी र शिक्षकहरु एक घन्टासम्म स्कुलमै 'बन्दी' भएका थिए। 'परीक्षामा यस्तो स्थिति त मैले कहिल्यै देखेको थिएन,' निरीक्षकको रुपमा खटिएका सूर्यज्योति उमावि मेहलकुनाका शिक्षक इन्द्रबहादुर थापाले भने, 'परीक्षामै गोली चल्ने स्थिति आएपछि कसरी काम गर्ने?' स्थानीय र प्रहरीबीच करिब १५ मिनेटसम्म दोहोरो झडप भएको उनले बताए। source thoolapokhara

Posted by Arghakhanch Online on 9:32 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for एसएलसीपरीक्षा केन्द्रमा गोली चल्यो

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com