कोइरालालाई नयाँ सरकारको नेतृत्व लिन दाहालको आग्रह
News, राष्ट्रिय समाचार 9:47 PM
फागुन २६ एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रिया टुंगोमा पुग्ने निश्चित भएकाले राष्ट्रिय संयुक्त सरकारको नेतृत्व लिन कांग्रेस सभापति सुशील कोइरालालाई आग्रह गरेका छन्। बिहीबार बिहान कोइराला निवास महाराजगन्जमा भएको भेटमा दाहालले त्यस्तो प्रस्ताव गरेका हुन्। कोइरालाले भेटमा पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेललाई समेत सहभागी गराएका थिए। कोइरालाले भने शान्ति प्रक्रिया टुंगिएपछि मात्रै राष्ट्रिय संयुक्त सरकार बन्नसक्ने जवाफ दिए।
'शान्ति प्रक्रिया अघि बढिसक्यो, राष्ट्रिय संयुक्त सरकार गठनका लागि वातावरण बनेको छ, तपाईंहरूकै नेतृत्व भए पनि हामीलाई कुनै आपत्ति छैन, संयुक्त सरकारमा आउनुस्,' दाहालले कोइरालालाई राखेको प्रस्ताव उद्धृत गर्दै स्रोतले भन्यो।
उपाध्यक्ष मोहन वैद्य समूहले प्रधानमन्त्री बाबुराम भट्टराईको राजीनामा मागिरहेको बेला दाहालले कांग्रेससँग संयुक्त सरकारको वातावरण बनेको भन्दै नेतृत्वकै प्रस्ताव गरेका हुन्।
दाहालले निर्वाचन प्रणाली मिश्रित, शासकीय स्वरूपमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र सदनबाट प्रधानमन्त्री बनाउने गरी संविधान लेखन प्रक्रिया अघि बढाउन कोइरालासँग प्रस्ताव गरेका थिए।
कोइरालाले भने शान्ति प्रक्रिया टुंगोमा पुर्याउनेबारे माओवादीप्रति आशंका गर्दै त्यसको वातावरण बनाउन आग्रह गरेका थिए। 'तपाईंहरूले नेपाली सेनालाई विवादमा पार्ने काम गर्नुभयो,' कोइरालाले दाहाललाई भनेका थिए।
दाहालले समायोजनका लागि सेनाले राखेको प्रस्तावलाई सकारात्मकमात्रै भनेको स्पष्टीकरण दिएका थिए। उनले नेपाली सेनालाई विवादमा नल्याई सातबुँदे सहमतिअनुसार समायोजन हुने कोइरालासँग बताए।
नेपाली सेनाले लडाकुलाई मेजरभन्दा माथिको पद दिन नसकिने प्रस्ताव गरेको छ भने माओवादीले अस्वीकार गर्दै बिग्रेडियर जनरलसम्म पाउनुपर्ने दाबी गरेको छ। शान्ति प्रक्रियाको मुख्य अंश लडाकु समायोजन अहिले पद मिलानमा रोकिएको छ।
'सातबुँदेमा स्पष्टसँग नेपाली सेनाको वृत्ति विकासमा असर नपर्ने गरी समायोजन गर्ने उल्लेख छ, त्यही आधारमा काम हुन्छ,' दाहालले कोइरालालाई आश्वासन दिएको स्रोतले उद्धृत गर्यो।
यसैबीच दाहालले केही सञ्चारकर्मीसँग शान्ति र संविधान निर्माणमा प्याकेज सहमति नभए पनि सेना समायोजन हुने बताएका छन्। 'सातबुँदे सहमति कार्यान्वयनकै बारे दलहरूबीच छलफल भएको छ, सेना समायोजन, दर्जा निर्धारण लगायत विषय राजनीतिक सहमतिमा टुंगो लगाउने हो,' उनले सञ्चारकर्मीसँग भने।
'केही सामान्य विषयमा सहमति हुनासाथ समायोजन प्रक्रिया अघि बढ्ने' उनले जानकारी दिए। 'ती विषयहरू'मा कांग्रेस र मधेसी मोर्चासँग छलफल भएकोसमेत उनले जानकारी दिए। 'मोर्चासँग सहमति भइसक्यो,' उनले भने।
शान्ति प्रक्रिया टुंगोमा पुर्याउन आफूहरू असाध्यै लचिलो भएको उल्लेख गर्दै उनले सहमतिका लागि कांग्रेससँग आग्रह गरेका थिए। 'हामी असाध्यै लचिलो भएका छौं, शान्ति प्रक्रिया टुंगोमा पुर्याउने बेला कम्तीमा निर्वाचन प्रणाली, शासकीय स्वरूपमा सहमति गरौं,' दाहालले कोइरालासँग भनेका थिए।
दाहालको प्रस्तावपछि कोइरालाले भारत जान खोजेको हो भनी प्रश्न गरेका थिए। दाहालले भने 'भारत जान लागेको तर शान्ति र संविधान निर्माणलाई अलपत्र पारेर जान नचाहेको' जानकारी दिएका थिए। केही दिनअघि भारतमा एक कार्यक्रम बनेको र त्यसमा आफूसहित सबै दलका नेता जाने तयारी भएको जानकारी दाहालले कोइरालालाई गराए। 'भारत जाने भन्ने हो, शान्ति र संविधानलाई अलपत्र पारेर होइन, त्यहाँ जाँदा प्रधानमन्त्रीलाई भेट्ने कार्यक्रमसहित जाने हो,' दाहालले कोइरालालाई जानकारी गराए, 'शान्ति र संविधानबारे सकारात्मक प्रगतिको सन्देश लिएर जाने हो।'source (नागरिक)