Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

एन्फा अध्यक्ष गणेश थापाले मर्यादा पुर्‍याएनन्

काठमाडौँ, फागुन २६  फिफा अध्यक्ष सेप ब्लाटरको नेपाल भ्रमणबाट उत्साहित एन्फा अध्यक्ष गणेश थापा एएफसी च्यालेन्ज कपको स्वागत मन्तव्यका क्रममा थुप्रैपटक चिप्लिए। ब्लाटरसँगै एएफसीका कार्यवाहक अध्यक्ष झाङ जिलोङ, प्रधानमन्त्रीदेखि एमाले नेता केपी ओली सम्मको नाम उल्लेख गर्न भ्याएका थापाले उपस्थित व्यक्तित्वको मर्यादाक्रममा भने ख्याल गरेनन्। उनले प्रधानमन्त्री बाबुराम भट्टराईका अगाडि नै पूर्वप्रधानमन्त्रीहरूको नाम लिए। नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको नाम पनि पुछारमा उच्चारण गरे।
'संसारको फुटबलका एकमात्र नेता ब्लाटर नेपालमा हुनुहुन्छ' भन्दै स्वागत मन्तव्य सुरु गरेका उनले त्यसपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल, माओवादी अध्यक्ष प्रचण्ड, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायत शीर्षनेताहरूको नाम लिएका थिए। नाम लिँदालिँदै उनले थपे, 'मैले सुरुमै भन्न छुटाएछु, नेपाल कांग्रेसका सभापति सुशील कोइराला पनि हुनुहुन्छ।' अन्त्यमा आइपुगेका व्यक्तितर्फ संकेत गर्दै उनले भने, 'भर्खरै एमाले नेता केपी ओली पनि आइपुग्नुभएको छ।'
कार्यक्रमका उद्घोषकले पनि औपचारिक कार्यक्रमको मर्यादा भुल्दै जथाभावी सम्बोधन गरेका थिए। राज्यमन्त्रीलाई सबभन्दा पहिला सम्बोधन गरेका उनले सभामुख तथा पूर्वप्रधानमन्त्रीलाई पछि पारेका थिए। source (नागरिक)

Posted by Arghakhanch Online on 9:40 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for एन्फा अध्यक्ष गणेश थापाले मर्यादा पुर्‍याएनन्

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com