प्रधानमन्त्रीको दोहोरो चाला-श्रममा मन्त्रीलाई, सिचाईंमा सचिवलाई दण्ड ?
News, राष्ट्रिय समाचार 9:41 PM
१२ चैत, आर्थिक चलखेल गरेको अभियोगमा पदबाट श्रमन्त्री सरिता गिरी बर्खास्त गरेका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मधेसी मोर्चा आबद्ध सिचाईमन्त्री महेन्द्र राय यादवलाई सजिलो पार्न बृन्द्धा हाडालाई सरुवा गर्ने तयारी गरेका छन् ।
उस्तै काण्डमा मन्त्री दण्डित हुने र अर्को काण्डमा सचिव दण्डित हुने दोहोरो चरित्र भट्टराईले देखाएको आजको नागरिक दैनिकले छापेको छ । सिचाई सचिव हाडलाई कारवाहीस्वरुप सामान्य प्रशासन मन्त्रालयमा सरुवा गर्न लागिएको मन्त्रिपरिषद् स्रोतले जानकारी दियो । हाडालाई सामान्य प्रशासन, सामान्यका धरणीधर खतिवडालाई स्थानीय बिकाश र स्थानीयका सितलबाबु रेग्मीलाई सिचाई मन्त्रालय लैजाने तयारी भएको छ- स्रोतले भन्यो ।
सचिव बृन्द्धा हाडालाई रातीको समयमा अपशब्द प्रयोग गरि धम्काएको भन्दै अघिल्लो साता कर्मचारीले प्रधानमन्त्रीलाई गुनासो गरेका थिए । त्यसपछि मन्त्रीले माफी माग्नेगरि सहमति गरिएको थियो । तर तुष पालेका मन्त्री यादवले बृन्द्धालाई सरुवा गर्नैपर्ने भन्दै प्रधानमन्त्रीलाई दबाब दिएपछि उनलाई सरुवा गर्न लागिएको स्रोतले दावी गर्यो ।source onlinekhabar