होटेलमा बास बस्न र पेटभरी खाना खान २० रुपैयाँले पुग्ला ?
News, राष्ट्रिय समाचार 8:51 PM
६ चैत,एसएलसी परीक्षाको सुरक्षाका लागि हुम्लाको श्रीनगरस्थित सूर्योदय माध्यामिक विद्यालय विद्यालयमा खटाइएका प्रहरीले त्यति रुपैयाँमा गुजारा गर्नुपर्ने बाध्यता छ ।काठमाण्डौमा बसेर दुर्गम क्षेत्रको योजना बनाउँदा हुम्लाका प्रहरीहरुले एसएलसी परीक्षामा खटिँदा आफ्नै खल्तीबाट रकम खर्चिनुपर्ने अवस्था आएको हो ।
सदरमुकमा सिमिकोटबाट पैदल हिँड्दा ठीक चार दिनमा पुगिने त्यस केन्द्रमा सुरक्षार्थ सिमीकोटबाटै खटिएका १० जना प्रहरीका लागि जम्माजम्मी ४ हजार रुपैयाँ उपलब्ध गराइएको छ ।
परीक्षामा खटिएका प्रहरीलाई परीक्षा संचालन भएको प्रतिदिन ५० रुपैयाँ उपलब्ध गराउने नियम छ तर सदरमुकाम बाहिरका परीक्षा केन्द्रमा आतेजाने र बास बस्दा लाग्ने खर्च उपलब्ध गराउने व्यवस्था छैन ।
त्यसैले चार दिन लगाएर हिँडेका प्रहरीलाई ८ दिनका लागि दिइने दैनिक भत्ताले पूराउनुपर्ने हुन्छ ।
हुम्लाका प्रमुख जिल्ला अधिकारी खगराज पौड्यालले परीक्षा नियन्त्रण कार्यालयले दिएजति नै रकम प्रहरीलाई उपलब्ध गराएको बताउनुभएको आजको गोरखापत्र दैनिकले खबर छापेको छ ।