Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

१२ घन्टाको दिन र १२ घन्टाको दिन र रात बराबर

 चैत्र ८ - यस्तो संयोग विरलै हुन्छ, जुन बुधबार हुँदैछ । अर्थात् बुधबार दिन र रात बराबर समयको हुनेछ । १२ घन्टाको दिन र १२ घन्टाको रात । यसपछि भने क्रमशः दिनको समयावधि बढ्नेछ भने रातको घट्ने छ ।
'बुधबारदेखि नै विस्तारै दिन लामो हुन थाल्छ र रात छोटो हुन क्रम सुरु हुन्छ,' त्रिवि, भूगोल केन्द्रीय विभागका प्रा.डा. पदमचन्द्र पौडेलले भने, 'दिन लामो हुने क्रम आगामी २१ जुनसम्म जारी रहने छ ।' उनका अनुसार पृथ्वी आफ्नो कक्षमा साढे ६६ डिग्री ढल्केको छ । यस्तै पृथ्वी अन्डाकार परिक्रमा मार्गबाट सूर्यलाई परिक्रमा गर्छ । 'यसैले ऋतु परिवर्तन, दिनरातको समयावधि कम-बढी हुने गरेको हो,' उनले भने । 
२१ जुनमा भने सबैभन्दा लामो दिन र सबैभन्दा छोटो रात हुनेछ । यसपछि पुनः दिनको समयावधि कम हुँदै पुनः २३ सेप्टेम्बरमा आज -बुधबार) जस्तै दिन र रातको समयावधि बराबर हुनेछ । पौडेलका अनुसार सूर्य भूमध्य रेखामा २१ मार्चमा सीधा रहने भएकाले दुवै गोलार्द्धमा दिन र रातको समयावधि बराबर हुन्छ । यसपछि सूर्य कर्कट रेखातिर बढ्दै जान्छ । २३ सेप्टेम्बरमा पुनः दिनरात बराबर र २२ डिसेम्बरमा सबैभन्दा सानो दिन हुन्छ । २२ डिसेम्बरमा दिन साढे १० घन्टा र रात साढे १३ घन्टाको हुन्छ । वर्षभरिमा २३ सेप्टेम्बर र २१ मार्च वर्षमा दुई पटक दिन र रात बराबर समयावधिको हुन्छ ।  

Posted by Arghakhanch Online on 2:07 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for १२ घन्टाको दिन र १२ घन्टाको दिन र रात बराबर

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com