Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

मलेसियाको पेनाङमा अलपत्र परेका ३० नेपाली श्रमिकलाई मलक्का पुर्‍याइयो


८ चैत, , एक महिनादेखि मलेसियाको पेनाङमा अलपत्र परेका तीस नेपाली कामदारहरुलाई मलेसिया सरकारले पेनाङवाट मलक्का पुर्‍याएको छ । मलेसिया सरकारले इमिग्रेसनका अधिकारीहरुका साथ सोमवार मध्य रातमा मलक्का पुर्‍याएको हो ।  इमि्रगेशनका अधिकारीहरुले चौध दिनसँगै वस्नु पर्ने र त्यसपछि मात्रै के कस्तो हुन्छ भन्न सकिने वताउदै आएका छन् । तर नेपाली श्रमिकहरु भने किन आफु चौध दिन वस्नु पर्ने हो थाहा पाउन सकेका छैनन् । उनीहरुसंगै तीन जना पुरुष भियतनामि श्रमिकहरु पनि रहेका छन् ।
महिला भियतनामि श्रमिकहरुलाई भने क्वालालम्पुरमा राखिएको छ । एक महिनादेखि अलपत्र परेको थाहा पाएपछि मलेसियाको इमि्रगेशन कार्यालयले आइतवारदेखि उनीहरुको सोधिखोजी सुरु गरेको थियो । सोमवार दिनभरी पुलाउ पेनाङमा नेपाली श्रमिकहरु तथा भियतनामिहरु इमि्रगेशन कार्यालयमा रहेका थिए । त्यहाँ उनीहरुको पासपोर्टको वारेमा जानकारी लिने काम भएको पिडीत कृष्ण श्रेष्ठले अनलाइनखवरलाई जानकारी दिए ।  मलेसियामा रहेको आस्माना एसडिएन विएचडि कम्पनीका लागि नेपालवाट अल्फा सिग्मा मेनपावरले दुईपटक गरी ५८ जना नेपाली श्रमिकहरुलाई क्लिनर कामको लागि मलेसिया पठाएको थियो ।
आस्मानाले आफुले ल्याएका श्रमिकहरुलाई फेवर भन्ने कम्पनीमा क्लिनरको लागि एक वर्षको सम्झौता गराई काममा लगाएको थियो । सम्झौताको भ्याद एक महिना अगाडि -फेवु्रअरी २०) मा सकिएपछि उनीहरु अलपत्र परेका हुन् । सम्झौता सकिनेमा ६९ जना भियतनामि समेत रहेका छन् । पेनाङमा रहेको विभिन्न आठवटा अस्पतालमा अन्य २८ जना नेपालीहरुले पनि काम गरिरहेका छन् । नेपालवाट सवै श्रमिकलाई एउटै कम्पनी र एउटै कामको लागि भन्दै दैनिक एघार घण्टाको मासिक ९सय ७१ रिगेट पाउने बताएपनि मलेसियामा भने उनीहरुले आठ सय ५० रिगेट मात्रै पाउने गरेको पिडितहरुले बताएका छन् । अलपत्र परेका उनीहरु एक महिना सम्म साथी-भाईको सहयोगले वाचेको बताउदै आएका छन् । एक श्रमिकले भने कम्पनीले १५ जनाको लागि हप्तामा २० किलो चामल दिएको थियो । त्यतिले कसरी वाच्यौ होला तपाईहरु आफै कल्पना गर्नुस उनले भने ।
लामो समयदेखि उनीहरुको भिषा समेत नविकरण भएको छैन ।  नेपाली दुतावासका श्रम सहचरी अमल किरण ढकालका अनुसार मलेसियामा वस्न चाहनेहरुलाई पुरानै सेवा र शर्तमा एनएस मेविक भन्ने कम्पनीले राख्न चाहिरहेको छ र त्यँहि अनुसार प्रकृया अगाडि वढिरहेको छ ।  ढकालले भन्नुभयो,’ उहाँहरु चाडै वैधानिक हुनुहुनेछ । यसमा मलेसियाको सरकार पनि गम्भीर भएर लागेको ढकालको भनाई छ  । ढकालले भन्नुभयो,’हाम्रा श्रमिकहरुको तीन वर्षको करार अवधि सकिएको छैन । श्रमिकहरुले भिषा अनुमति र श्रम अनुमति नपाउनु भएको हो त्यो हामी दिलाउने छौ ।’
अलपत्र परेका मध्ये केही नेपालीहरु श्रमिकहरु नेपाल जाने मनस्थितिमा पुगेका छन् । उनीहरुले भने,’यस्तो अन्यौलपुर्ण अवस्थामा कसरी वस्नु । राम्रो भन्दा भन्दै त यस्तो भयो अव कसरी वस्न सकिन्छ होला ।’ आस्मान कम्पनी पनि पुर्णरुपमा नेपाली श्रमिकहरुप्रति नकारात्मक नभएको केही श्रमिकहरु बताउछन् । उनीहरु भन्छन् हामीलाई अलपत्रै पार्‍यो  भन्ने पनि छैन तर एक महिनाको तलव पाएका छैनौ । मरी मरी काम गर्‍यो अहिले यो अवस्था छ हामी हाम्रो पारिश्रमिक चाहन्छौ । सवै श्रमिकहरुको एउटै आवाज छ । दुतावासले भने नेपाली श्रमिकहरुको पारिश्रमिकको विषयमा कम्पनीसंग छलफल गर्ने बताएको छ । आस्मान कम्पनीलाई मलेसियाको इमि्रगेशन कार्यालयले गरेका कामकारवाहिको वारेमा छानविन अगाडि वढाईरहको जानकारी आफुले पाएको श्रमसचहरी ढकालको भनाई छ ।

Posted by Arghakhanch Online on 8:56 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for मलेसियाको पेनाङमा अलपत्र परेका ३० नेपाली श्रमिकलाई मलक्का पुर्‍याइयो

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com