के छापियो वुधबारका दैनिक पत्रिकामा ?
News, राष्ट्रिय समाचार 8:58 PM
आज मिति २०६८ साल चैत ८ गते बुधबार । आज काठमाडौंबाट प्रकाशित सबैजसो दैनिक पत्रिकाले मंगलबारबाट सुरु एसएलसी पपिरक्षाको समाचारलाई प्रमुख प्राथमिकताकासाथ छापेका छन् । एसएलसी परिक्षामा भएका विभिन्न घटनालाई पत्रिकाहरुले आ-आफ्नै ढंगबाट प्रस्तुत गरेका छन् ।
कान्तिपुर दैनिकले नेपाली कांग्रेसको विरगंजमा भएको क्षेत्रीय भेलाको खवरलाई मुख्य समाचार बनाएको छ । कांग्रेसले मधेसका समग्र मुद्दालाई पहिचान गरेर मधेस केन्द्रित नीति ल्याउने भएको छ । नागरिक दैनिकले कोशी फर्काउन धमाधम काम भइरहेको खवरलाई मुख्य पेजमा छापेको छ ।