बस पल्टँदा चितवनमा तेत्तीस जना घाइते, दुईको स्थिति गम्भीर
News, राष्ट्रिय समाचार 8:45 AM
फागुन १९ - भरतपुर नगरपालिका–६ लक्ष्मी चोकमा मङ्गलपुरबाट नारायणगढतर्फ आउँदै गरेको ना ३ ख ८५२५ नम्बरको बस दुर्घटना हुँदा ३३ जना घाइते भएका छन्। गुडिरहेको बस एक्कासि अनियन्त्रित भएर सडकको छेउमा पल्टिँदा ती यात्रु घाइते भएका हुन।घाइतेहरुलाई उपचारका लागि भरतपुर लगिएको छ। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बुलेटिनमार्फत् जनाएको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बुलेटिनमार्फत् जनाएको छ।