Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

उडिरहेको जहाजभित्र यौनदुर्व्यवहार गर्न खोज्ने नेपाली हङकङ विमानस्थलमा पक्राउ I








फागुन १९,काठमाडौँबाट हङकङ उडिरहेको ड्रागन एयरमा महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक नेपालीलाई हङकङ विमानस्थलबाट गिरफ्तार गरेको छ। सँगै यात्रा गरिरहेकी नेपाली महिलाले यौन दुर्व्यवहार गरेको उजुरी गरेपछि बिहीबार बिहान उनलाई गिरफ्तार गरिएको हो। 
ती ५५ वर्षीय व्यक्तिमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ड्रागन एयरका अनुसार बिहीबार बिहान ५:४० बजे २४ वर्षकी महिलाले सँगै यात्रा गरिरहेका पुरुषले आफूमाथि यौन आक्रमण गरेको प्लेनका कर्मचारीलाई उजुरी गरेकी थिइन्। हङकङबाट प्रकाशित द स्ट्याण्डर्ड दैनिकका अनुसार केए १९१ नम्बरको प्लेन बिहान ६ बजे हङकङ विमानस्थलमा उत्रिएलगत्तै पाइलटले दिएको सूचनाको आधारमा प्रहरीले उनलाई गिरफ्तार गरेको हो।
हिरासतमा रहेका आरोपी व्यक्तिमाथि अनुसन्धान भइरहेको प्रहरीको विमानस्थल अपराध अनुसन्धान युनिटले जनाएको छ। प्रहरीले आरोपीको नाम र उनीहरू हङकङका बासिन्दा हुन् वा अन्त कतै जाँदै थिए भन्ने खुलाएको छैन। हङकङस्थित वाणिज्य दूत किरण शाक्यका अनुसार प्रहरीले दूतावासलाई पनि यसबारे जानकारी दिएको छैन।
सोलिसिटर एकनारायण शर्माका अनुसार यस्तो मुद्दामा सामान्यतः जुन देशमाथि प्लेन उडिरहेको हुन्छ, त्यही देशको कानुनअनुसार सजाय हुन्छ। शर्माले भने- दुवै जना हङकङ आइडी लिएका व्यक्ति हुन् भने हङकङको कानुनअनुसार मुद्दा चल्छ। (स्रोत : नागरिक)

Posted by Arghakhanch Online on 8:38 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for उडिरहेको जहाजभित्र यौनदुर्व्यवहार गर्न खोज्ने नेपाली हङकङ विमानस्थलमा पक्राउ I

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com