Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

प्रधानमन्त्री बाबुराम भट्टराईले मागे श्रममन्त्रीको राजीनामा I



चैत्र ९,प्रधानमन्त्री बाबुराम भट्टराईले श्रम तथा यातायातमन्त्री सरिता गिरीसँग मन्त्रालयमा विवादास्पद म्यानपावर एजेन्सीको इसारामा काम गरेको भन्दै राजीनामा मागेका छन् । प्रधानमन्त्रीले सद्भावना (आनन्दीदेवी) का तर्फबाट मन्त्री बनेकी गिरीलाई सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा बुधबार अपराह्न बोलाई स्पष्टीकरण लिएर राजीनामा मागेको स्रोतले जनायो ।

प्रधानमन्त्रीले वैदेशिक रोजगार विभागमा भ्रष्टाचार नियन्त्रणमा राम्रो काम गरिरहेका र त्यहाँ सुधार कार्यक्रम लागू गरिरहेका महानिर्देशक पूर्णचन्द्र भट्टराईलाई विवादास्पद म्यानपावरको इसारामा किन सरुवा गरेको भन्दै मन्त्री गिरीप्रति रोष प्रकट गरेका थिए ।

'तपाईंको कदमले विभागमा वैदेशिक रोजगारमा जाने गरिब नेपालीलाई दुःख दिएर हुने भ्रष्टाचार पुनः बढ्ने र सुधारका कार्यक्रमसमेत प्रभावित भएको छ,' प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'म विभागमा गरिब नेपाली ठगिएको टुलुटुलु हेरेर बस्न सक्तिनँ । अब तपाईंले राजीनामा गरेर मलाई सहयोग गर्नूस् ।'

प्रधानमन्त्रीले 'मैले सोमबार स्पष्टीकरण दिन आउनु भन्दा नआउने, उल्टै राम्रो गरिरहेका कर्मचारीमाथि लान्छना लगाएर किन पत्रकार सम्मेलन गरेको ?' भनेरसमेत सोधेका थिए ।

प्रधानमन्त्रीसमक्ष स्पष्टीकरण दिन नगई मंगलबार पत्रकार सम्मेलन गरी गिरीले महानिर्देशक भट्टराईले नयाँ म्यानपावर दर्ता गर्दा पक्षपात गरेको र विभागमा नराम्रा काम गरेको लिखित तथा मौखिक गुनासो आएकाले छानबिनका लागि सरुवा गरेको दाबी गरेकी थिइन् । उनले प्रधानमन्त्रीसमक्ष पनि यही दाबी दोहोर्‍याएको स्रोतले जनायो । 

वैदेशिक रोजगारीका नाममा मानव तस्करी गरी लुट मच्चाइरहेका म्यानपावर एजेन्सीहरूले भट्टराईलाई महानिर्देशक भएदेखि नै त्यहाँबाट हटाउन मन्त्री गिरीलाई दबाब दिँदै आएका थिए । गिरीले प्रधानमन्त्रीले आफूसित राजीनामा मागेकोबारे बोल्न चाहिनन् । 'प्रधानमन्त्रीसँग बुधबार मेरो भेट भएको हो । उहाँले आफ्नो दृष्टिकोण राख्नुभयो, मैले आफ्नो धारणा राखेंं,' उनले भनिन्, 'थप के कुरा भएको हो, म अहिले बोल्दिनँ ।'स्रोत :हाम्रो संसार 

Posted by Arghakhanch Online on 11:27 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for प्रधानमन्त्री बाबुराम भट्टराईले मागे श्रममन्त्रीको राजीनामा I

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com