Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

मेलामा हेलिकोप्टरबाट दृष्यावलोकन गर्नेको भिड


फागुन ११, पाल्पा
पहिलो पटक हेलिकोप्टरमा चढेर यस क्ष्ँेत्रको दृष्यावलोकन गर्न पाएपछि पाल्पा महोत्सवमा आउनेहरु खुसी भएका छन् । आफ्नो खर्चले चढ्न नपाउने अवस्थामा महोत्सवका अवसरमा सिम्रिंक एयरले सस्तोमा हेलिकोप्टर चढ्ने सुविधा मिलाएको हो । 
सिम्रिक एयरले तानसेनमा शुक्रवारदेखि सुरु भएको पश्चिमाञ्चल क्ष्ँेत्रीय औद्योगिक व्यापार मेला, कृषि प्रदर्शनी एवं पर्यटन महोत्सवमा आउने दर्शकलाई हेलिकोप्टर दृष्यावलोकन कार्यक्रम राखेकालेसयौले नौलो अनुभव गर्ने मौका पाएका हुन् । 
चारदिनमा सयौंले हेलिकोप्टरबाट पाल्पाको तानसेन लगायत पर्यटकीय क्ष्ँेत्र र हिमाली दृष्य हेर्ने मौका पाए । महोत्सवमा पाल्पा र छिमेकका जिल्लाको पर्यटकीय स्थललाई हेलिकोप्टरबाट दृश्यावलोकन गराइएको सिम्रिक एयरका मार्केटिङ् अफिसर कमल गौतमले बताए । 
उनका अनुसार हेलिकोप्टरबाट तानसेन बजार, महोत्सव स्थल, माडीफांट, रानीमहल, रूरू क्ष्ँेत्र, भैरवस्थान, कालीगगण्डकीको भेगमा पर्यटकीय दृश्यावलोकन गराइयो । ‘पहिलो पटक हेलिकोप्टरबाट दृश्यावलोकन गराउने मौका मिलाएका हौ’ दृष्यावलोकनका लागि खटिएका सागर महर्जनले भने, ‘आन्तरिक तथा बाह्य पर्यटकलाई नया“ स्वाद लिने मौका मिलेको छ ।’ 
हेलिकोप्टर चढ्नका लागि तानसेन, बुटवल, पोखरा, चितवन काठमाण्डौका ट्राभल ऐजेन्सीले समेत खवर गरेका छन् । महोत्सव अवधिभर ३ सयबढीले हेलिकोप्टरबाट दृष्यावलोकन गर्ने अनुमान आयोजक पाल्पा उद्योग वाणिज्य संघले जनाएको छ । ४ हजार ५ सय ५० तिरेपछि कम्तीमा १४ मिनेट आकाशबाट दृष्यावलोकन गराइएको छ । सिम्रिक एयरले यसअघि पोखरा, चितवन र वुटवलमा समेत हेलिकोप्टरबाट दृस्यावलोकन गराइसकेको छ । मेलाको सातौं दिनमा भने केही छुट दिएर दृश्यावलोकन गराइएको आयोजकले बताए ।

Posted by Arghakhanch Online on 3:52 AM. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for मेलामा हेलिकोप्टरबाट दृष्यावलोकन गर्नेको भिड

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com