घाइते सभासद काफ्लेलाई उपचारका लागि राजधानी ल्याइयो
News, राष्ट्रिय समाचार 2:09 AM
फागुन ११
बुधबार बिहान सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका एकीकृत माओवादीका केन्द्रीय सदस्य तथा सभासद् सावित्रीकुमार काफ्लेलाई थप उपचारका लागि राजधानी ल्याइएको छ ।
सवारी दुर्घटना पश्चात उपचारका लागि विरटनगरस्थित न्यूरो अस्पतालमा लगिएका काफ्लेलाई त्यहां उपचार सम्भव नभएपछि गएराति नै राजधानी ल्याइएको हो । काफ्लेको हाल थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालको सघन कक्षमा उपचार भइरहेको छ । बुधबार बिहान सुनसरीको धरानस्थित स्थानीय एक एफएम रेडियोका लागि अन्तर्वार्ता दिन को। १० प ३५८६ नम्बरको मोटरसाइकलमा गइरहेका काफ्लेलाई को। १ ज ५१७ नम्बरको ल्याण्डरोभर भ्यानले धरान-११ चतारा लाइनमा ठक्कर दिएको थियो ।
न्यूरो अस्पताल विराटनगरका चिकित्सक यामबहादुर रोकाका अनुसार टाउकोमा गहिरो चोट र खुट्टा भाँचिएका काफ्लेको अवस्था गम्भीर रहेको छ ।