के छापियो शुक्रबारका दैनिक पत्रिकामा ?
News, राष्ट्रिय समाचार 9:44 PM
आज मिति २०६८ साल फागुन १२ गते शुक्रबार । काठमाण्डौंबाट प्रकाशित सवैजसो दैनिक पत्रिकाले तीन दलका शीर्ष नेताहरुको वैठकले सेनालाई बिबादमा नतान्ने सहमति गरेको र नेपाली सेनाका पृतनापतिहरुको भेलाले माओवादी उपयोगबादको शिकार नबन नेतृत्वलाई सचेत बनाएको समाचारलाई प्राथमिकताका साथ प्रकाशन गरेका छन् ।
कान्तिपुर दैनिकले तीन दलका शीर्ष नेताहरुवीच भएको छलफलमा सेनाले दिएको प्रस्ताव सुझावमात्र भएकाले त्यसलाई ठिक बेठिक भनेर बहसमा नउत्रने सहमति भएको समाचार छापेको छ । कान्तिपुर दैनिकले नै भगौडा सुरक्षाकर्मी अपराधिक गतिबिधिमा लागेको, साउदीमा मानव वेचबिखनमा संलग्न ४९ दलालहरुलाई कारवाहीको तयारी भइरहेको र भिओआईपीमार्फत कल बाइपास गर्न ७१ प्रतिशत एनसेलको सिम प्रयोग भएको समाचारलाई प्राथमिकताका साथ छापेको छ ।
नागरिक दैनिकले सेनापतिले दिएको समायोजन प्रस्तावमा पृतनापतिहरुले नै असन्तुष्टि जनाएको समाचार छापेको छ । राजधानी दैनिकले अबकाश रोजेका लडाकूलाई वैद्य पक्षीय जनस्वंसेवक परिचालन ब्युरोमा आबद्ध गराउन थालेको समाचार छापेको छ ।