Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

नेपाल प्रहरीका असईद्वारा गोली हानी आत्महत्या


१२ फागुन, उदयपुर । उदयपुरमा नेपाल प्रहरीका एक सहायक निरीक्षकले आफैंले बोकेको पेस्तोलले गोली हानी आत्महत्या गरेका छन् ।
जिल्लाको उत्तरपूर्वी जालपा चिलाउने -५ गाविसमा रहेका अस्थायी प्रहरी पोष्ट सुकौराका प्रमुख सहायक निरीक्षक बलबहादुर राउतले बिहान करिब ६ बजेको समयमा प्रहरी पोष्टभित्रै गोली हानी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । ४२ वर्षीय सहायक निरीक्षक राउतको स्थायी ठेगाना सोलुखुम्बु जिल्लाको नेटा गाविस भएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र खड्काले घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको अनलाइनखबरलाई जानकारी दिनुभयो । खड्काका अनुसार राउतको शव अहिले घटनास्थलमै छ भने घटना छानविनका लागि प्रहरी नायव उपरीक्षक नगिन्द्रप्रसाद उप्रेतीको नेतृत्वमा एक टेाली घटनास्थलमा पुगेको छ । घटनास्थल जिल्ला सदरमुकामबाट करिब २२ किलोमिटरको दुरीमा पर्छ । आत्महत्याको कारण स्पष्ट हुन नसके पनि पारिवारिक तनावका कारणबाट घटना भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

Posted by Arghakhanch Online on 9:41 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for नेपाल प्रहरीका असईद्वारा गोली हानी आत्महत्या

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com