सावर्जनिक चालिस बिघा जग्गा कब्जा
News, राष्ट्रिय समाचार 9:01 AM
११ फागुन
नवलपरासीको शिवमन्दिर १ र २ मा रहेको ४० बिघा सावर्जनिक जग्गा सङ्घसंस्था र जातीय समूहको कब्जाबाट सकिएको छ ।
पछिल्लोपटक आज सामुदायिक अस्पताल र क्याम्पस निर्माणका लागि कब्जा गरिएपछि यहाँको सावर्जनिक जग्गा सकिएको हो ।
दुई महिना अगाडिदेखि पटकपटक विभिन्न सङ्घसंस्थाको नाममा कब्जा भएको सार्वजनिक जमिन पछिल्ल्लोपटक मध्यविन्दु बहुमुखी क्याम्पस र सामुदायिक अस्पतालको नाममा कब्जा गरिएपछि यहाँको सार्वजनिक जग्गा सकिएको हो ।
जनजातिहरुले आफ्ना जातीय सङ्ग्राहलय निर्माण गर्न जग्गा कब्जा गरेपछि पछिल्लो एक महिनायता जग्गा कब्जा गर्ने काम तीव्र बनेको थियो । जाति, समूहगतका कुल मन्दिरदेखि अस्पतालसम्मका लागि भन्दै यहाँको जमिन कब्जा गरिएका छन् ।
पटकपटक सरकारी स्वामित्वमा रहेको जमिन कब्जा हँुदा पनि सरकारीस्तरबाट कुनै प्रतिक्रिया नआएपछि कब्जाको श्रृङ्खला बढेको हो ।
विसं २०६१ असार १४ गते ग्रामीण आवासीय कम्पनी लिले शिवमन्दिर गाविसको कार्यालयको २०६१ को जेठ १८ गतेको चिठ्ठीका आधारमा सामुदायिक अस्पतालका लागि १ र २ वडामा रहेको पूर्व जङ्गल दक्षिण राजमार्ग, पश्चिम डण्डाखोला, उत्तर जङ्गल भनी चार किल्लाभित्रको १० बिघा जमिन अस्पताललाई उपलब्ध गराउन पहल गर्न अस्पताल भवन निर्माणका लागि बोर्ड राखेको शिवमन्दिरका विष्णुप्रसाद भुसालले बताउनुभयो ।