विवाह को भोजमा झडप हुँदा एक जनाको मृत्यु भएको छ
News, राष्ट्रिय समाचार 2:25 AM
२१ फागुन, विवाहको भोजको विषयमा सिरहामा खदोहोरो झडप हुँदा एक जनाको मृत्यु भएको छ । सिरहाको दक्षिणवर्ती सनहैठ-८, जोगिया टोलमा गएराति भएको दोहोरो झडपमा सनहैठा-९ का ५५ ववषिर्या अमेठलाल यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् ।
झडपमा परि गम्भीर घाइते भएका राधेश्याम यादवको अवस्थामा गम्भीर रहेको र धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यसैवीच झडपमा संलग्न रहेको आशंकामा स्थानीय गोपी यादव, मिथिलेश यादव, गोविन्दर यादव, परशुराम यादव र जोगिया प्राविका शिक्षक विन्देश्वर यादवलाई प्रहरीले पक्राउ गरसेको जनाएको छ ।