Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

पूर्व लडाकुको बन्द एक दिनका लागी स्थगित

jhoomka
काठमाण्डौ, फागुन २१   माओवादीका बहिर्गमीत लडाकुहरुले आजबाट देशभर गर्ने भनिएको अनिश्चितकालिन बन्द आजका लागी स्थगित भएको छ । नेकपा एमालेको राष्ट्रिय प्रतिनिधि परिषदको बैठक र राष्ट्रिय खेलकुद समापनलाई ध्यानमा राख्दै बन्दको कार्यक्रम एक दिन पर सार्ने निर्णय भएको बहिर्गमित लडाकु संघर्ष समीतीका अध्यक्ष सागर लिम्बुले जानकारी दिनुभयो । बहिर्गमित लडाकुहरुले माईकिङ गरेर बन्द आह्वान गरेपनि फिर्ता लिएको सम्बन्धि जानकारी नगराएका कारण देशभरको यातायात बिहानैबाट प्रभावित भएको छ । अहिले फाट्टफुट्ट मात्र सवारी साधन चलिरहेको छ ।

विभिन्न चार शुत्रिय मागराख्दै पूर्व लडाकुहरुले भोलीबाट अनिश्चितकालिन बन्द गर्ने जनाएका छन् । अयोग्यको बिल्ला खारेज गर्नुपर्ने, दीर्घकालीन व्यवस्थापनका लागी एकमुष्ट आर्थिक प्याकेजबाट हल गर्नुपर्ने, बहिर्गमन प्रक्रियादेखि हालसम्म पक्राउ परेका सम्पूर्ण बहिर्गमित लडाकुहरुलाई बिनासर्त रिहा गर्नुपर्ने र संयुक्त राष्ट्रसंघको शान्ति कोष मार्फत आएको रकमको सत्य तथ्य विवरण सार्वजनिक गर्नुपर्ने बहिर्गमित लडाकुहरुको माग छ । बहिर्गमित लडाकुहरुले स्वच्छिक अवकास रोजेका लडाकुलाई दिईएको आर्थिक प्याकेज बराबरकै आफूहरुलाई पनि दिनुपर्ने माग उठाएका छन् । देशभरबाट हालसम्म ८० जना पूर्व लडाकुहरु विभिन्न बाहनामा पक्राउ परेको बहिर्गमित लडाकु संघर्ष समीतीका अध्यक्ष सागर लिम्बुले जानकारी दिनुभएको छ ।

Posted by Arghakhanch Online on 8:32 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for पूर्व लडाकुको बन्द एक दिनका लागी स्थगित

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

ताजा समाचार>>>

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com