चितवनमा बन्दको प्रभाव सामान्य
News, राष्ट्रिय समाचार 1:55 AM
२२ फागुन । अनमिनको प्रमाणिकरणमा अयोग्य ठाहरिएका लडाकुले आज आब्हान गरेको नेपाल बन्दको प्रभाव चितवन सामान्य परेको छ ।
बन्दका कारण लामो दुरीका सवारी साधन कम चलेपनि छोटो दुरीका सवारी साधन सञ्चालनमा आएका छन् । चितवनका मुख्य बजार नारायणगढ, टाँडी, पर्सा भण्डारा, पश्चिम चितवनका बजारमा बन्दको प्रभाव खासै परेको छैन ।
उद्योग, व्यवसाय तथा कल कारखानामा पनि बन्दको प्रभाव नपरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
बर्हिगमित जनसेना संघर्ष समितिका महासचिव कृष्णप्रसाद दंगालले आफूहरुका माग सम्बोधन नभए सम्मा आन्दोलन गर्ने बताएका छन् ।