समयमा फर्केका फेरि कोरिया जान पाउने
News, राष्ट्रिय समाचार 7:37 PM
२७ फागुन, काठमाण्डौ । दक्षिण कोरियाले काम गरेर समयमा फर्केका नेपाली युवालाई फेरी रोजगारी दिने भएको छ ।
कोरियाले गैरकानुनी कामदार नियन्त्रण गर्न समयमा फर्केका नेपाली कामदारलाई फेरी रोजगारी दिने भएको हो । रोजगार अनुमति प्रणाली इपिएस अन्तरगत दक्षिण कोरियामा अहिलेसम्म १० हजार नेपाली गएका छन् ।
इपिएस नेपाल कार्यलयका संयोजक महेश आचार्यले कोरियाले काम गरेर फर्केकालाई फेरी जान पाउने प्रस्ताव गरेको जानकारी दिएका छन् । इपिएस अन्तरगत जाने कामदारको अवधि ३ वर्षको हुन्छ । कोरियाको रोजगारदाताले ३ वर्ष अवधि पुगेकालाई फेरी १ वर्ष १० महिना थप गरेको छ । सो सुविधाले कोरिायमा अवैध रुपमा बस्ने परिपाटी अन्त्य हुने बताए । कोरियामा काम गरेर फर्केकालाई पठाउन आवश्यक जाँच लिन नयाँ भवन खोजी भैरहेको उनले बताए ।
यसैबीच यो वर्ष कोरियाली भाषा परीक्षामा उत्तीर्ण गरेका ४ हजार नेपालीको श्रम सम्झौता आएको छ । इपिएस कार्यालयले उत्तीर्ण सबैको रोस्टर पठाएपछि कोरियाले श्रम सम्झौता पठाउन थालेको हो । चार हजारको श्रम सम्झौता आइसकेका र १ हजार कोरिया गैसकेका आचार्यले बताए ।