ग्याँस चाहियो ? फोन गर्नुस्
News, राष्ट्रिय समाचार 7:34 PM
२७ फागुन, के तपाइँ खाना पकाउने ग्याँस नपाएर हैरान बन्नुभएको छ ? त्यस्तो सास्ती खेप्नुपरेको छ भने तपाइँलाई खुसीको खबर । तपाइँका समस्या र गुनासा सम्बोधन गर्न सरकारले छुट्टै संयन्त्र गठन गरेको छ । सो संयन्त्रमा फोन गरे तपाइँका पीडा र समस्या केही हदसम्म पक्कै समाधान हुनेछन् ।
नियमित आपुर्ति भैरहँदा पनि ग्याँस वितरणको समस्या समाधान नभएपछि गुनासो सुन्न सरकारले बेग्दै संयन्त्र बनाएको हो । गुनासो सुन्न सरकारले विभिन्न ५ निकायमा हटलाइको व्यवस्था गरेको छ । ती निकायमा ग्याँसपीडितले टेलिफोनमार्फत सिकायत गर्न सक्नेछन् ।
प्रधानमन्त्री कार्यालय, वाणिज्य तथा आपुर्ति मन्त्रालय, नेपाल आयल निगम, जिल्ला प्रशासन कार्यालय र वाणिज्य विभागमा गुनासो सुन्ने संयन्त्र गठन गर्ने निर्णय सरकारले गरेको छ । ग्याँसमा कालोबजारी बढेकाले त्यसलाई नियन्त्रण गर्न छुट्टै संयन्त्र गठन गरिएको वाणिज्य सचिव लालमणी जोशीले बताएका आजको राजधानी दैनिकमा छापिएको छ ।
यस्ता संयन्त्रमा प्राप्त गुनासाको तत्काल समाधान गरिने र ग्याँस लुकाउने व्यापारीलाई कडा कारवाही गर्ने उनले बताए ।