Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

बिश्वकै ९ नम्बर धनीको सुरक्षामा ४० नेपाली

२७ फागुन,  छोरा अपहरणमा परेपछि यी अर्वपति ले बुझे ‘ममताका अघिल्तिर धनको कुनै महत्व रहेनछ ।’ उनले यस्तो सोच्न त सोचे तर कार्यान्वयन कसरी गर्ने ? आफ्नो परिवारको सुरक्षाका लागि बिश्वाशिला र भरपर्दा सुरक्षाकर्मी चाहिएको थियो । तर खोज्ने कहाँ ?
बिश्व बिजयका बेला बिटि्रसहरुको इज्यत गोर्खालीले नै जोगाएका थिए भन्ने उनले सुनेका थिए । उनलाई लाग्यो तिनै गोर्खाली आफ्ना भरपर्दा सुरक्षाकर्मी हुनसक्छन । त्यसपछि उनले केही नसोंची आफ्नो परिवारको सुरक्षाका लागि बहादुर र सहासी गोर्खालीलाई आफ्नो सुरक्षाकर्मी छाने ।
यसरी गोर्खालीलाई ब्यक्तिगत सुरक्षाकर्मी छान्ने अर्बपति हुन- फोब्र्स म्यागेजिनले बिहीवार प्रकाशित गरेको बिश्वकै ९ नम्बरका धनी अर्थात एसियाकै धनाढ्य लिका सिङ । मेहेनत लगशिलता र इमान्दारिताका कारण नै आफुहरुले यो जिम्मेवारी पाएको भन्दै उनको सुरक्षामा खटिएका एक नेपालीले भने- बिश्वकै कहलिएको धनाढ्यको सुरक्षा जिम्मेवारी पाउनु गर्वको कुरा हो ।
हङकङेली चिनियाँ ब्यबसायी सिङका निजीसहित सवै सुरक्षाकर्मी नेपाली छन् । यो तथ्यलाई स्थानीय चिनियाँ समेत पत्याउन तयार हुँदैनन् । तर ८३ बर्षे यी अर्वपतिका बिश्वाशिला बनेका छन नेपालीहरु ।
सन् १९९६ मा आफ्नो छोरा अपहरणमा परेपछि सिङले आफ्नो परिवारको सुरक्षा गर्ने जिम्मा नेपालीलाई सुम्पेका हुन् । उनले आफ्नो छोरालाई छुटाउन करिव एक अर्ब हङकङ डलर बुझाएको संचारमाध्यमले बताएका छन् । त्यसपछि सिङ परिवारको सुरक्षामा नेपाली खटिए । अहिले उनीहरुको परिवारको सुरक्षामा पूर्व बिटि्रस गोर्खाली सेनाको कमाण्डमा सवारीचालकसहित ४० जना नेपाली खटिएका छन् ।
उनी ती नेपालीसँग वारम्बार नेपाल र बुद्धबारे सोधिरहन्छन रे । बुद्ध धर्मालम्बी सिङले मौका मिले नेपाल भ्रमण गर्ने इच्छासमेत देखाएका छन् । ५३ मुलुकमा ब्यापार गरिरहेका सिङको कम्पनीमा करिव २ लाख ६५ हजारले रोजागारी पाएका छन् ।
यी धनाढ्यको सम्पत्ति २५ अर्ब ५० करोड अमेरिकी डलर बराबर रहेको फोब्र्सले जनाएको छ । फोब्र्सले नै सार्वजनिक गरेको बिश्वकै शक्तिशाली ब्यक्तिको सूचीमा पनि उनी ४४ औं नम्बरमा थिए । निजी सुरक्षामा नेपाली रोज्ने हङकङमा सिङमात्र हैनन् । अन्य अर्बपतिहरु स्टान्ली हो, रेमन्ड कोक, थोमस कोक, जोसेफ लाउ, वाल्टर कोक, डिकसन पुन, मिस्टर हुई, मिस्टर पुन लगायतका अंगरक्षक नेपाली रहेको आजको कान्तिपुर दैनिकले छापेको छ ।

Posted by Arghakhanch Online on 7:32 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for बिश्वकै ९ नम्बर धनीको सुरक्षामा ४० नेपाली

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com