सडक विस्तार अभियान रोक्न खोज्ने नेताहरु पक्राउ
News, राष्ट्रिय समाचार 7:31 PM
२७ फागुन, काठमाण्डौंमा जारी सडक विस्तार अभियान रोक्न खोज्ने नेपाली कांग्रेस नेता नरहरि आचार्य र बलबहादुर केसीलाई प्रहरीले पक्राउ गरेको छ ।शनिवार बिहान गैरीधारामा भइरहेको बाटो विस्तार रोक्न जुलुसहित गएका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिई सिंहदरवार प्रहरी प्रभागमा राखेको छ ।यसअघि पनि महाराजगंज क्षेत्रमा सुरु गरिएको वाटो विस्तार रोक्न आचार्यसहित सो क्षेत्रमा वस्ने बिभिन्न नेताहरुले चर्को दबाब दिएका थिए । तर नेताहरुको दवावलाई वेवास्ता गर्दै सडक विस्तार अगाडी बढाइएपछि उनीहरु विस्तार रोक्न जुलुसै लिएर गएका थिए ।