मन्जु गुरुङले कोरियाली नागरिक किम ह्योङ ह्योसँग मंसिरमा बिहे गरिन् ।
News, प्रवास समाचार 7:39 PM
२७ फागुन, मन्जु गुरुङले कोरियाली नागरिक किम ह्योङ ह्योसँग मंसिरमा बिहे गरिन् । नेपालमै बस्ने सल्लाह अनुसार दुवै अध्यागमन विभाग पुगे । विवाह दर्ता पेस गरे । किमले एक सय साठी अमेरिकी डलर तिरेर श्रीमतीसँग नेपाल बस्ने भिषा लिए ।अध्यागमन कर्मचारीले किमको हातमा भिसा थमाउँदै भने विदेशी ज्वाइँले वैवाहिक सम्बन्धका आधारमा यहाँ काम गर्न पाइँदैन ।यस्तो कुरा सुन्दा उनी अलमल्लमा परे । संसारका धेरै देशमा यस्तो नियम छैन । बिहे गरेर श्रीमतीकै देशमा बस्न चाहनेले तुरुन्तै काम गर्ने अनुमति पाउँछ । अमेरिका, बेलायतदेखि किमकै देश कोरियामा पनि यस्तो व्यवस्था छ ।
तर नेपालमा भने ज्वाइँका आधारमा बस्न मासिक १० डलर तिर्नुपर्छ । यति तिरेपछि पनि न काम गर्न पाइन्छ, न लगानी । आजको नागरिक दैनिकमा छापिएको खबर अनुसार नेपालीसँग बिहे गर्ने विदेशी महिलाले भने यस्तो झण्झट बेहोर्नुपर्दैन, सोझै नागरिकता पाउँछन् ।