के छापियो सोमबारका दैनिक पत्रिकामा ?
News, राष्ट्रिय समाचार 7:33 PM
आज मिति २०६८ साल फागुन २२ गते सोमबार । आज काठमाडौंबाट प्रकाशित सबैजसो पत्रपत्रिकाले खुलामञ्चमा एमालेले गरेको जनप्रदर्शनको समाचारलाई प्रमुख प्राथमिकताकासाथ छापेका छन् । यस्तै शनिबार राति कालिमाटीको फलफुल तथा तरकारी बजारमा भएको आगलागिको समाचारलाई पनि सबैजसो दैनिक पत्रिकाले प्रमुख हेडलाइन बनाएका छन् ।
यस्तै बबरमहलमा फिस्फोट गराउनेहरुलाई आइतबार प्रहरीले सार्वजनिक गरेको छ । आ-आफ्नै एङ्गलबाट सबै पत्रिकाले समाचार समेटेका छन् । नागरिक दैनिकले भने राजाबादीको सहयोगमा बबरमहलमा विस्फोट शीर्षकमा समाचार छापेको छ ।