प्रहरीले हतियार र विस्फोटक पदार्थसहित एक वृद्धलाई पक्राउ गरेको छ।
News, राष्ट्रिय समाचार 5:10 AM
चैत ४ - सप्तरीको देउरी गाविसबाट प्रहरीले हतियार र विस्फोटक पदार्थसहित एक वृद्धलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयबाट खटेको गस्ती टोलीले विशेष सुराकीका आधारमा देउरी-२ निवासी ५५ वर्षीय सजन साहलाई गएराति घरबाटै पक्राउ गरेको जनाएको छ।
पक्राउ पर्ने वृद्ध सुतेको स्थानबाट एक थान कटुवा पेस्तोल, दुई थान गोली र विष्फोटक पदार्थ जिलेटिन बरामद गरिएको प्रहरी नायव उपरीक्षक गोविन्द अधिकारीले जानकारी दिए। पक्राउ परेका साहलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कल्याणपुरमा राखिएको प्रनाउ अधिकारीले बताए।
यता पक्राउ परेका सजन साहका परिवारका सदस्यहरूले वृद्ध साहलाई षडयन्त्र गरी फसाउन खोजिएको आरोप लगाएका छन्। राजविराजमा आज पत्रकार सम्मेलन गरी साहका छोरा विजलीकुमार साहले स्थानीय केही व्यक्तिले पुरानो रिसइबीका कारण दुःख दिने नियतले अवैध हतियारहरू घरको बरण्डामा राखी फसाएको जनाएका छन्।
गत साउन ३२ गते निज साहको घरमा सोही वडाका धनजित यादव, दुर्गानन्द यादव, तपसी यादव, वीरेन्द्र यादव, कुन्देव भन्ने कुलदेव यादव, बन्ठा भन्ने विनोदकुमार यादव र सञ्जिव यादवले डाका तथा अपहरण प्रयास गरेको भन्दै साहले दिएको किटानी जाहेरीअनुरूप सप्तरी जिल्ला अदालतमा मुद्दा चलिरहेको छ। -रासस