मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
News, राष्ट्रिय समाचार 10:37 AM
४ चैत पृथ्वीराजमार्गको कोत्रे मुग्लिङग सडक खण्ड अन्तगर्त आँबुखैरेनी ४ खानीखोलामा आज विहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । प्रहरीले दिएको जानकारी अनुसार डुम्रेबाट आँबुखैरेनी तर्फ जादै गरेको ग५प २९४२ नम्बरको मोटर साइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटर साइकल चालक गोरखा नगरपालिका १० बस्ने रामकुमार श्रेष्ठको मृत्यु भएको हो । मृतक श्रेष्ठको शव पोष्टमार्टमको लागि दमौली अस्पतालमा लगिएको छ ।