Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

बबरमहल विस्फोटमा पत्रकारको हात !!!

७ चैत, तीन जनाको ज्यान लिने गरी तिन साताअघि राजधानीको बबरमहलमा भएको बम बिस्फोटमा पत्रकारले समेत सहयोग गरेको रहस्य खुलेको छ । बम विस्फोटमा पत्रकारको समेत हात रहेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको भएपनि संचारक्षेत्रबाट विरोध हुने सम्भावनाका कारण ती पत्रकारलाई पक्राउ नगरिएको प्रहरीको भनाइ छ ।
प्रहरी श्रोतका अनुसार बबरमहल बम विस्फोटका नाइके देवराज लामा विश्वक्रान्ति सँग सगरमाथा टेलिभिजनका पत्रकार प्रमोद सेढाइको सम्बन्ध देखिएको छ । आजको दृष्टि साप्ताहिकमा छापिएको खबर अनुसार बम विस्फोटभन्दा दुइ साताअघिदेखि विश्वक्रान्ति र सेढाइबीच नियमित सम्पर्क देखिएको प्रहरीको भनाइ छ । बम विस्फोटको केही घण्टाअघि पनि सेढाइको मोबाइलमा विश्वक्रान्तिले फोन गरेको अनुसन्धानमा संलग्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका एक अधिकारीले बताए ।
अनुसनधानको क्रममा पनि प्रहरीलार्य गलत सूचना दिएर विश्वक्रान्तिलाई जोगाउन खोजेकाले पनि पत्रकार सेढाइको संलग्नता पुष्टि भएको प्रहरीको भनाइ छ । बम विस्फोटपछि विश्वक्रान्तिले सगरमाथा टेलिभिजनलाई अन्तरवार्ता दिइ घटनाको जिम्मेवारी लिएका थिए । तर विस्फोटको केही समयअघि नै सेढाइलाई त्यसबारे जानकारी रहेको प्रहरीको दाबी छ । विस्फोटको एक मिनेटमै सगरमाथा टिभीका पत्रकार घटनास्थल पुगेका थिए तथा सगरमाथाले घटनास्थलबाट प्रत्यक्ष प्रशारण गरेको थियो ।
अनुसन्धानको क्रममा प्रहरीले विश्वक्रान्तिले फोन गरेको नम्बर माग्दा सगरमाथाले गलत नम्बर दिएर झुक्याएको प्रहरीको भनाइ छ ।source onlinekhabar

Posted by Arghakhanch Online on 8:39 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for बबरमहल विस्फोटमा पत्रकारको हात !!!

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com