भ्यानले ट्रकलाई ठक्कर दिँदा तीनको मृत्यु
News, राष्ट्रिय समाचार 3:31 AM
फागुन १८- महोत्तरी-सर्लाहीको सीमा बाँके नदीको पुलमा भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाही लालबन्दी -३ की ३० वर्षीया शोभा पोखरेल, पाँच वर्षीया धर्मराज पोखरेल र ४५ वर्षीया जोखनी सुवेदी छन्। शोभा र जोखनीको घटनास्थलमै मृत्यु भएको थियो भने धर्मराजको उपचार क्रममा चितवनस्थित भरतपुर अस्पतालमा मृत्यु भएको केशरगंज इलाका प्रहरी कार्यालयले जनाएको छ।दुर्घटनामा घाइते भएका लालबन्दी -७ का प्रिती पोखरेल (३०), दीपक पोखरेल (११), देशव पोखरेल (३८), सानी राई (१७), तारा पोखरेल (३०), रुपा पोखरेल (३१), अणु पोखरेल (११), अनिता पोखरेल (७), सन्देश पोखरेल (१५), लालु पोखरेल (८) र सहचालक लालबन्दी -२ का रमेश पोखरेलको उपचार भरतपुर अस्पतालमा भइरहेको छ। चालक उदयपुरका दीपक रायमाझी भने इलाका प्रहरी कार्यालय केशरगंजको नियन्त्रणमा छन्।
सिन्धुलीस्थित माइस्थान मन्दिर दर्शन गरेर बर्दिवास हुँदै लालबन्दी तर्फ जाँदै गरेको को १ च ३०३५ नम्बरको पिकअप भ्यानले सडक छेउमा रोकिरहेको ना २ त ५७३३ नम्बरको ट्रयाक्टरलाई बुधबार साँझ ठक्कर दिएपछि दुर्घटना भएको थियो। क्षमता भन्दा दोब्बर यात्रु चढेको भ्यान अत्यधिक गतिमा हुँदा पुलमा अनियन्त्रित भई दुर्घटना भएको चालकले सकारेका छन्। (नागरिकन्युज बाट )