Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

काम नगरेको निहुँमा पत्‍नीको हत्या

चैत ७- तीन दिनअघि घरको बुँइगलमा झुन्डिएर आत्महत्या गरेकी भनिएकी सिन्धुपाल्चोक सिपापोखरे-७ की तीनमहिने सुत्केरीलाई काम नगरेको निहुँमा श्रीमान्ले हत्या गरेको खुलेको छ। घटनाकै दिन पक्राउ परेका उनले तीन दिनपछि पहिले हत्या गरेर आत्महत्या देखाउन धुरीमा झुण्डाएको स्वीकारेका हुन्। २२ वर्षीया शर्मिला भट्टराईको शब शनिबार धुरीमा पटुकाको पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएको थियो। उनको दुबै घुँडाले भुँई छोएको आधारमा हत्या शंका गर्दै प्रहरीले तत्काल पति सुदीप, सासु देबी र देवर उदीपलाई नियन्त्रणमा लिएको थियो। अनुसन्धानका क्रममा दुई दिनसम्म शर्मिलाले आत्महत्या नै गरेको अड्डी कसेका सुदीपले सोमबार हत्या स्वीकारेको इन्स्पेक्टर सुजनकुमार राजभण्डारीले बताए। तीनै जनालाई जिल्ला प्रहरीको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। आत्महत्या नै गरेको जिकिर गर्दै आएका सासु र देवरले सुदीपले हत्या स्वीकारेपछि बयान फेर्दै आफूहरु बेखवर रहेको बताएका छन्। 'उनीहरु हत्याबारे आफूहरुलाई केही थाहा नभएको बताइरहेका छन्,' इन्स्पेक्टर राजभण्डारीले भने। तर प्रहरीले उनीहरुको दाबी पत्याएको छैन। योजनाबद्ध तरिकाले हत्या भएको आशंका गर्दै प्रहरीले उनीहरुमाथि अनुसन्धान जारी राखेको छ।
काम गर्न नगएपछि श्रीमती शर्मिलाको हत्या गरेको बयान सुदीपले दिएका छन्। सुदीपको बयान अनुसार शनिबार बिहान श्रीमतीको हत्या गरी आफैंले धुरीमा पटुका कसेर झुण्डाएर आत्महत्या गरेको भन्दै परिवार र गाउँलेलाई खवर गरे। उनले अघिल्लो साँझ मात्र काम नगरेको निहुँमा शर्मिलालाई चार मुक्का हानेका थिए। कुटपिटपछि रिसाइएको उनी भोलीपल्ट बिहान पनि काममा निस्किनन्। 'काममा किन नस्किको?' भन्दै उनले रिसाएकी शर्मिलालाई गालीगलौज गरे। यातना सहन नसकी शर्मिलाले आत्महत्याको धम्की दिंदै बुँइगल पुगेर पटुका खोलिन्। 'मर्ने नै भए किन आत्महत्या? म आफैं मारिदिन्छु भनें र डोरीले घाँटी कसेर मारिदिएँ। अनि, उसकै पटुकाले धुरीमा झुन्डाएर बाहिर निस्केँ,' सुदीपले प्रहरी बयानमा भनेका छन्। पाँच फिट अग्लो दुरीमा दुबै घुँडाले भुँई छोएको, पासोको रुपमा प्रयोग गरिएको पटुका धुरीमा गाँठो नपारी दुई फन्का बेरेर अल्झाइएको, मृतकको घाँटीमा गहिरो गोलाई परेको निलो डाम रहेको, मलद्धाराबाट दिशा बाहिर निस्किएको र योनी रगतले लतपतिएको देखेपछि भीमटार प्रहरी चौकीबाट घटनास्थल पुगेको टोलीले प्रारम्भिक अनुसन्धानबाटै हत्याको निष्कर्ष निकालेको थियो। शर्मिलाले गत पुसमा मात्र दोस्रो प्रयासमा पहिलो सन्तानको रुपमा छोरा जन्माएकी थिइन्। काभ्रे, होक्से गाविस माइती रहेकी शर्मिला महिना लामो सुत्केरी बसाइ सकेर दुई साताअघि मात्र घर फर्केकी थिइन्। फागुन २४ मा देवर उदीपको विवाह परेकाले उनी दुई दिनअघि २२ गते घर आइपुगेकी थिइन्। उनले माइती परिवारका सदस्यसँग घर नफर्कने बताएपनि सम्झाएर पठाइएको थियो। तीन वर्षअघि उनको सुदीपसँग विवाह भएको थियो। यसअघिको सन्तान नजन्मदै पेटमै मरेको थियो। शर्मिलालाई सुरुदेखि नै श्रीमान् र सासुले यातना दिँदै आएकाले घटनाकै दिन स्थानीयले हत्या नै भएको भन्दै घर जलाउने प्रयास गरेकोमा प्रहरीले रोकेको थियो। उनीहरुका अनुसार भट्टराई दम्पतिको बेला-बेलामा झगडा परिरहन्थ्यो। सासु र पति मिलेर उनलाई कुटिरहन्थे। झगडा पर्दा सुदीपले सौता हाल्ने धम्की दिंदै आएका थिए। घर झगडापछि शर्मिला माइती पुग्थिन। माइती पक्ष आएर चार पटक झगडा मिलाएको छिमेकी बताउँछन्। आरोपी सासु देबीले त्यस दिन बिहान आफू घाँस काट्न गएको र देवर उदीपले चिया पिउन पसलमा गएकाले घटनाबारे जानकारी नभएको उल्लेख गरेका छन्। केही महिनाअघि छुट्टिएर भट्टराई दम्पत्ति भिन्नै बस्दै आएका थिए। पीडित माइती पक्षले हत्यामा शर्मिलाका ससुरासमेतको संलग्नता रहेको भन्दै चार जनाविरुद्ध किटानी जाहेरी दिएका छन्। जिल्ला प्रहरीले आइतबारै जाहेरी दर्ता गरेर कानुनी कार्वाही प्रक्रिया अघि बढाएको इन्स्पेक्टर राजभण्डारीले बताए। source thoolapokhra

Posted by Arghakhanch Online on 1:42 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for काम नगरेको निहुँमा पत्‍नीको हत्या

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com