पश्चिम सेतीमा संसदीय अंकुश
News, राष्ट्रिय समाचार 7:44 PM
फागुन २७- ठूला जलविद्युत परियोजना सुरु हुन नपाउँदै विवादमा घेरिने पुरानो रोग पश्चिम सेतीमा समेत सल्किएको छ। पश्चिम सेती जलविद्युत आयोजना निर्माण गर्न एक साताअघि चीनको थ्री गर्जेज इन्टरनेसनलसँग भएको समझदारी कार्यान्वयनमा संसदीय समितिले रोक लगाएपछि यो आयोजनामा प्रश्न खडा भएको छ।संसदको प्राकृतिक स्रोतसाधन समितिले 'थ्री गर्जेजसँगको समझदारी पारदर्शी र देशलाई फाइदा पुग्नेगरी नभएको' भन्दै छानबिन गर्न शुक्रबार उपसमिति गठन गरेको छ। १० दिनभित्र छानबिन सक्नेगरी उपसमिति गठन गरिएको समितिका सदस्य नेत्र पन्थीले जानकारी दिए।
छानबिन समितिले थ्री गर्जेजसँग सम्झौता गर्दा सरकारले अपनाएको प्रक्रिया, मुलुकलाई पुग्ने फाइदाबारे अध्ययन गरेर सरकारलाई सुझाव दिनेछ। 'ऊर्जामन्त्री र मन्त्रालयका अधिकारीहरूको भनाइ चित्तबु‰दो भएन, प्रतिवेदन नआएसम्म कुनै पनि काम अघि नबढाउने गरी रोक लगाउने निर्णय भएको छ,' समितिकी सभापति शान्ता चौधरीले भनिन्। समितिले ऊर्जामन्त्री पोष्टबहादुर बोगटी, सचिव हरिराम कोइराला लगायत ऊर्जा मन्त्रालय र विद्युत प्राधिकरणका उच्च अधिकारीहरूलाई शुक्रबार बोलाएको थियो।
प्रतिस्पर्धाबिना चिनियाँ कम्पनीलाई पश्चिम सेती दिएको विषयमा मन्त्री, सचिव लगायत अधिकारीहरूले सांसदहरूको चित्त बुझाउन सकेनन्। त्यसपछि समितिले सभापति चौधरीकै संयोजकत्वमा ११ सदस्यीय अध्ययन उपसमिति गठन गरेको हो। समझदारीअनुसार थ्री गर्जेजले यसै महिना चीनबाट प्राविधिकहरू नेपाल ल्याउने कार्यक्रम थियो। ती प्राविधिक आयोजना निर्माण हुने ठाउँ डोटी र डडेल्धुरा पुगेर अवलोकन गर्नेगरी समय सीमा निर्धारण गरिएको छ।
१६ वर्षअघि अस्ट्रेलियाको स्नोइ माउन्टेन इन्जिनियरिङ कम्पनी (स्मेक) ले पश्चिम सेती जलविद्युत आयोजना बनाउन लाइसेन्स पाएको थियो। निर्माणलाई चाहिने रकम जुटाउन नसकेपछि गत साउनमा सरकारले स्मेकसँगको समझदारी रद्द गरेको थियो। स्मेकले पश्चिम सेतीबाट उत्पादन भएको बिजुली भारतमा बेच्नेगरी आयोजना बनाउने तयारी गरेकोमा अहिले देशभित्रै खपत गर्नेगरी थ्री गर्जेजलाई बनाउन दिने समझदारी गरिएको हो।
सभासद्हरूले प्रतिस्पर्धा गराएर सित्तैमा बढी बिजुली र बढी सेयर दिने कम्पनीलाई पश्चिम सेती बनाउन दिएको भए बढी फाइदा हुने तर्क राखेका थिए। सरकारले विस्तृत परियोजना प्रतिवेदन तयार पारेका ६ जलविद्युत आयोजना प्रतिस्पर्धा गराएर गत वर्ष स्वदेशी प्रवर्द्धकहरूलाई दिएको थियो। त्यसबापत सरकारले ४५ करोड रुपैयाँ राजस्व प्राप्त गरेको थियो।
'डिजेल प्लान्ट ल्याउने हल्ला चलाएर सरकारले पश्चिम सेती जस्तो आयोजना विदेशीलाई सुम्पिएको छ,' कांग्रेस सभासद् गगन थापाले भने, 'युद्धकालीन अवस्थामा एकातिर आक्रमणको हल्ला चलाएर अर्कातिर हान्ने रणनीतिजस्तै भयो यो।'
ऊर्जा संकट देखाएर सरकारले स्वदेशी प्रवर्द्धकहरूसँगको समझदारी बराबर पनि फाइदा लिन नसकेको सभासद्हरूले बताएका थिए। भारतीय कम्पनी जिएमआरले बनाउन लागेको ९०० मेगावाटको माथिल्लो कर्णालीमा सरकारले १२ प्रतिशत ऊर्जा र २७ प्रतिशत सेयर सित्तै पाउने उल्लेख छ। सतलजले बनाउन लागेको ४०२ मेगावाटको अरुण तेस्रामा पनि सरकारले झन्डै २२ प्रतिशत ऊर्जा सित्तै पाउने सम्झौता छ। पश्चिम सेतीसँग भने सरकारले यस्तो कुनै सहुलियत पाउने छैन।
ऊर्जा मन्त्रालयका अधिकारीहरूले बिजुली निर्यात गर्ने आयोजनाहरूसँग मात्र निःशुल्क बिजुली र सेयर लिएको बताएका थिए। 'नेपालमै खपत हुने बिजुली सित्तैमा र सेयर पनि माग्दा त्यसको भारले बिजुली महँगो पर्छ,' ऊर्जा मन्त्रालयका सहसचिव अर्जुनकुमार कार्कीले भने।
स्मेकले आयोजना प्रतिवेदनमा गरेको खर्चमध्ये थ्री गर्जेज र विद्युत प्राधिकरण मिलेर औचित्य प्रमाणित हुने लगानीलाई प्राधिकरणले गर्ने लगानीमा कटौती गर्न पाउने उल्लेख छ। स्मेकले १६ वर्ष अवधिमा ३ करोड ५० लाख डलर खर्च गरेको प्रतिवेदन विद्युत विकास विभागलाई दिएको छ।
फागुन १७ गते ऊर्जा मन्त्रालयका सहसचिव कार्की र थ्री गर्जेजका कार्यकारी उपाध्यक्ष वाङ साओफाङले काठमाडौंमा हस्ताक्षर गरेको समझदारीपत्रमा आयोजना बनाउन आवश्यक पर्ने खर्चमर्ध्य ७५ प्रतिशत थ्री गर्जेज र २५ प्रतिशत विद्युत प्राधिकरणले जुटाउने उल्लेख छ। सन् २०१४ मा बनाउन सुरु गरेर २०१९ भित्र पूरा गर्ने योजना थ्री गर्जेजको छ।
यो आयोजना बनाउन १ अर्ब ६० करोड अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ। जलाशययुक्त यो आयोजनामा अरू बेला पानी जमाएर बढी बिजुली आवश्यक पर्ने साँझ-बिहान बिजुली निकाल्ने योजना छ। थ्री गर्जेज चीनको सरकारी जलविद्युत कम्पनी हो। यसले एउटै आयोजनाबाट २२ हजार ५ सय मेगावाट बिजुली निकालेको छ।

थ्री गर्जेजले विद्युत प्राधिकरण तर्फबाट राख्नुपर्ने २५ प्रतिशत लगानीको लागि सहुलियतपूर्ण ऋण चीनको एक्जिम बैंकबाट जुटाइदिने प्रतिवद्धता जनाएको छ।
२०५१ सालमा अरुण तेस्रोमा देशभित्रै सहमति जुट्न नसकेपछि लगानी फिर्ता भएको थियो। त्यतिखेरको सत्तारुढ दल एमालेले समयमै निर्णय नगरेकोले आयोजना फिर्ता भएर अहिलेसम्म लोडसेडिङ बढिरहेको आरोप खेपिरहेको छ।
लोडसेडिङ अन्त्यको लागि जलाशययुक्त आयोजना आवश्यक पर्ने र त्यसको निर्माण गर्न प्रतिवद्धता जनाएर आएको थ्री गर्जेजलाई भगाउनेभन्दा संसदीय समितिले त्यसका अधिकारीलाई बोलाएर छलफल गर्दा मुलुकले बढी फाइदा लिन सक्ने जलविद्युत क्षेत्रका निजी लगानीकर्ताहरूले सुझाव दिएका छन्।
अप्रिय निर्णय नहोला
- पोष्टबहादुर बोगटी, ऊर्जामन्त्री
- पोष्टबहादुर बोगटी, ऊर्जामन्त्री
समझदारीमा पारदर्शिता भएन भन्ने कुरा उठ्यो नि?
कतिलाई पारदर्शी भन्ने? विद्युत ऐनको दफा ३५ ले दिएको अधिकार प्रयोग गरेर संसारमै चर्चित र अनुभवी कम्पनीलाई पश्चिम सेती दिने निर्णय ऊर्जा मन्त्रालयले गरेको हो। हामीले थ्री गर्जेजसँग वार्ता हुनुअघि, भइरहेको समयमा र पछि पनि मिडियामार्फत् सार्वजनिक गरेकै हौं। आवश्यक पर्ने र मागिएको अवस्था सम्बन्धित निकायहरूमा जे भएको हो त्यसको खुलस्त विवरण दिएकै छौं।

प्रतिस्पर्धा गराएको भए के हुन्थ्यो?
राम्रै हुन्थ्यो होला। हामीलाई अहिलेको लोडसेडिङलाई हटाउन छिटो बन्ने आयोजना चाहिएको छ। प्रतिस्पर्धा गराएको अवस्थामा पनि प्रवर्द्धकहरू नआएको अनुभव बुढीगण्डकीबाट देखिएको छ। त्यसो हुँदा थ्री गर्जेजसँग वार्ता गरेर ऐनकै अधिकार प्रयोगबाट हामीले बनाउन दिने समझदारी गरेका हौं।

मन्त्रिपरिषदबाट कहिले अनुमोदन हुन्छ?
प्रस्ताव तयार गरेर छिट्टै मन्ीिपरिषदमा जाँदैछ। विद्युत ऐनको दफा ३५ ले मन्त्रिपरिषदले वार्ताको माध्यमबाट आयोजना बनाउन दिनसक्ने अधिकार दिएको छ।
प्रस्ताव तयार गरेर छिट्टै मन्ीिपरिषदमा जाँदैछ। विद्युत ऐनको दफा ३५ ले मन्त्रिपरिषदले वार्ताको माध्यमबाट आयोजना बनाउन दिनसक्ने अधिकार दिएको छ।
संसदीय समितिले समझदारी रद्दै गर्न निर्देशन दियो भने?
प्राकृतिक स्रोत साधन समितिमा प्रवुद्ध, अनुभवी, मन्त्रीसमेत भइसक्नु भएका सदस्यहरू हुनुहुन्छ। मलाई लाग्दैन त्यस्तो अप्रिय निर्णय हुनेछ भनेर। खबरदारी गर्ने कुरामा, कुनै कमीकमजोरी भएको अवस्थामा त्यसलाई सच्याउन सचेत गराउने कुरामा सरकारले सधैंभरि समितिलाई मान्दै आएको छ। थ्री गर्जेजसँग गोप्य रूपमा कुनै सहमति, सम्झौता भएको छैन। चिनियाँ राजदूत समेत बसेर समझदारी भएको हुँदा त्यो रद्द हुने हो भने दुई देशको सम्बन्ध र विश्वासमा समेत दरार खडा हुनसक्छ। संसारकै ठूलो प्रवर्द्धक आएको अवस्थामा त्यस्तो निर्णय हुनेछैन भन्नेमा म विश्वस्त छु।( source nagariknews)